2

Logo २०८३ बैशाख १३ आइतबार
युएईमा रहेका पाल्पालीको रक्त सञ्चार केन्द्रलाई सहयोग हस्तान्तरण

युएईमा रहेका पाल्पालीको रक्त सञ्चार केन्द्रलाई सहयोग हस्तान्तरण


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२
2.1K

पाल्पा ।

पाल्पामा सञ्चालन हुन लागेको रक्त सञ्चार सेवा केन्द्रमा पाल्पाली समाज युएईले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

जिल्लामा अत्यावश्यक रहेको रक्त केन्द्र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाल्पाको पहलमा सबै सरोकारवालाको सहयोगमा खोल्न लागिएको हो ।

शुक्रबार एक औपचारिक कार्यक्रम गरी समाजले सोसाइटीका सभापति बाबुराम कार्कीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा समाजका निर्वतमान अध्यक्ष तथा सल्लाहकार वेदप्रसाद अर्यालले जन्मथलो पाल्पा भएका र रोजगारीका लागि युएई पुग्नुभएका दाजुभाई दिदीबहिनीहरुले रक्त सञ्चार सेवा केन्द्रको महत्वलाई बुझेर संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको जानकारी गराउनुभयो । उहाँले रेडक्रसले सुरु गरेको “हाम्रो ब्लड बैंक हामी बनाउछौं” भन्ने पवित्र महाअभियानमा कार्यथलो देश बाहिर रहेपनि आफूहरु जोडिनुपर्छ भन्ने लागेर रकम सहयोग गरिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति बाबुराम कार्कीले ब्लड बैक सञ्चालनका रोजगारीका लागि देश बाहिर रहनुभएका समाजका सदस्यहरुले गर्नुभएको सहयोग प्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले ब्लड बैक स्थापनाका लागि सहयोग रकम जुटिरहेको र अब छिटै सेवा शुभारम्भ गर्ने तयारी रहेको बारे जानकारी गराउदै यसको दीगो सञ्चालनको आधार तय गर्न आफूहरु लागि परेको बताउनुभयो । अहिलेसम्म ब्लड बैक सञ्चालका लागि अक्षयकोषमा ५६ लाख बढी रकम संकलन भएको बताउदै सभापति कार्कीले करिब तीन करोडको अध्यक्षकोष स्थापना गर्ने लक्ष्य रहेको समेत बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले विदेशमा रहेपनि जन्मथलोलाई माया गरेर रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समय समयमा समाजले पाल्पामा गरेको सामाजिक कार्य प्रशंसायोग्य रहेकोले यसको निरन्तरताका लागि आग्रह समेत गर्नुभयो ।

समाजका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा चलेको रकम हस्तान्तरण कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नागरिक समाजका अगुवा तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सन् २०१५ सालमा स्थापना भएको पाल्पाली समाज युएईले पाल्पा जिल्लाका ६८ वटा विद्यालयमा करिब २० लाख रुपैया बराबरको गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिका लागि अध्यकोष स्थापना, दीर्घरोगीलाई आर्थिक सहयोग, विदेशमा रहेका पाल्पालीलाई आइपर्ने कानुनी तथा भैपरी समस्या सामाधनामा सहजीकरण, भूकम्प पीडितलाई सहयोग, अकालमा ज्यान गुमाएकाहरुको शव नेपाल पठाउने, सही सूचना र सहयोगका लागि सम्पर्कमा आउनका लागि सूचनामूलक होर्डिङ बोर्ड राख्ने लगायतका कामहरु गर्दै आएको छ । पाल्पाको खेलविकासका लागि भएको वीच भलिवल प्रतियोगितामा करुवा उपहार प्रदान गरेको थियो ।

आफ्नो कमाईबाट केही रकम छुटाएर समाजको कोषमा जम्मा गरेर जन्मथलो प्रतिको दायित्व पूरा गर्ने अभियानमा समाजका सदस्यहरु लागि परेको समाजका अध्यक्ष कैलाश अर्यालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com