2

Logo २०८३ बैशाख १३ आइतबार
सञ्चारिका समुह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित

सञ्चारिका समुह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित


Sabalnews प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२
1K

काठमाडौं ।

सञ्चारिका समूह नेपालको नयाँ कार्यसमितिको अध्यक्षमा कमला पन्थी निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न सञ्चारिका समुहको ९ औं महाधिवेशनले अध्यक्ष सहित ५ पदाधिकारी र ८ जना केन्द्रीय सदस्य निर्वाचित गरेको हो ।

नेपालका बिभिन्न सञ्चार सस्थामा क्रियाशिल पत्रकार महिलाको सस्था सञ्चारिका समुहको अध्यक्ष बिजेता कमला पन्थीले १४९ मत प्राप्तगर्नुभएको थियो । अध्यक्ष पदमा प्रतिस्पर्धी पबित्रा सुनारको ८७ मत प्राप्त भएको छ ।

समूहको उपाध्यक्षमा निर्वाचित बसन्ती बास्तोलाले १२८ मत,प्रतिस्पर्धी लोग्सरी कुँवरले १०० मत, निर्बिरोध निर्वाचित समुहको महासचिवमा राधा खनाल, सचिव पदमा बिजयी उर्वर्शी बस्न्यातको  १०७, प्रतिस्पर्धी नुनुता राईको १०३ मत, साथै कोषाध्यक्ष पदमा बिजयी साजना तामाङको १२० मत, प्रतिस्पर्धी मन्जिमा ढकालको १०५ मत प्राप्त भएको छ ।

यसैगरी समूहको ८  केन्द्रीय सदस्यहरूमा कल्पना शर्माको १८२ मत,कालिका सिवाकोटीको १४४ मत, बिष्णु पन्थीको १३७ मत, दिपा रेग्मी र सम्झना वनको समानको ११६ मत, अजवी पौड्यालको ११२ मत, तारा चापागाईंको १११ मत, र देवी सापकोटाको ११० मत प्राप्त भएको हो ।

नव निर्वाचित अध्यक्ष पन्थीले सञ्चारिका समूहको उद्देश्यअनुसार काम गर्ने बताउनुभयो ।

समूहको निवर्तमान अध्यक्ष विमला तुम्खेवाले नवनिर्वाचित कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिनुभएको  छ ।

‘यो नवनिर्वाचित कार्यसमितिले महिला सशक्तीकरणको आवाजलाई मिडियामार्फत अझ सशक्त ढंगले अगाडि बढाउने अध्यक्ष पन्थीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com