पाल्पाली समाज युएईको अध्यक्षमा कैलाश अर्याल
युएई ।
पाल्पाली समाज युएईको नयाँ नेतृत्व चयन भएको छ । बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका पाल्पालीहरुले गठन गरेको समाजको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
“एक्काइसौँ शताब्दीको आवश्यकता सीप र ज्ञान, युएईको माटो सुहाउँदो पाल्पालीहरूको अभियान”भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित पाल्पाली समाज युएइको अधिवेशनले २०२५ /०२७ कार्यकालका लागि सामाजिक व्यक्तित्व कैलाश अर्यालको अध्यक्षतामा निर्विरोध समिति निर्वाचित गरेको हो ।

समाजका निवर्तमान अध्यक्ष ओम कुमारी खाण समाजलाई साथ दिने सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै समाज र नेपालीका हरेक काममा आफु सबैव तत्परता सहित डटेर लाग्ने बताउनुभयो ।