2

Logo २०८३ बैशाख १४ सोमबार
सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


Sabalnews प्रकाशित मिति : आइतबार, चैत्र १६ २०८१
337

सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ। मुस्लिम समुदायको चाड ईद उत्त फित्रको अवसरमा बिदा दिने निर्णय गरिएको हो।

‘मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उत्त फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८५ साल चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाड हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ।

रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com