कृषि विकास बैंकद्दारा विद्यार्थीलाई बित्तिय साक्षरता
पाल्पा ।
कृषि विकास बैंक रामपुर शाखाको समन्वयमा दरैठाँटी माध्यमिक विद्यालय रामपुर नगरपालिका ६ विजयपुरमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ । ग्लोबल मनी विक २०२५ को अवसरमा कृषि विकास बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय भैरहवाले तालिम दिएको हो ।
विद्यालयको सभाहलमा भएको तालिम कृषि विकास बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय, भैरहवाका निर्देशक नवराज न्यौपानेको अध्यक्षता र दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । तालिमले विद्यार्थीहरुलाई भविष्यको लागि बचत गर्न सिकाउने भएकाले निकै महत्व रहेको बताउनुभयो ।
विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा आम्दानी, पारिवारिक बजेट निर्माण, वित्तीय प्रणाली, बैंकको परिचय, बचतका प्रकार, बचत योजना, बचत तथा कर्जाको प्रकार/ छनोट गर्दा ध्यान दिनु पर्ने विषय, बैंक खाताको महत्त्व, बैंकिङ कारोबारका फाइदाहरू र वित्तीय व्यवस्थापनका विविध पक्षको बारे कृषि विकास बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय, भैरहवाको वरिष्ठ शाखा अधिकृत प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन कृषि विकास बैंक लिमिटेड, शाखा रामपुरको प्रबन्धक केशव प्रसाद डोटेलले गर्नु भएको हो ।