2

Logo २०८३ बैशाख १३ आइतबार
शहिद बहुमुखी क्पाम्पसमा अनेरास्ववियुको इन्ट्री

शहिद बहुमुखी क्पाम्पसमा अनेरास्ववियुको इन्ट्री


Sabalnews प्रकाशित मिति : बिहिबार, चैत्र ६ २०८१
932

पाल्पा ।

पाल्पाको शहीद बहुमुखी क्याम्पस रामपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा राजन गौतम विजयी हुनुभएको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेद्वारी दिनु भएका अनेरास्ववियुका गौतम ३०१ मत सहित निर्वाचित हुनु भएको हो ।

नेपाल विद्यार्थी संघ नेवि संघका उम्मेदवार कसम मल्ल ठकुरीलाई ४० मतले पछि पार्दै गौतम विजयी हुनु भएको हो । मल्लले २६१ मत प्राप्त गर्नु भएको छ । सचिवमा संयुक्त प्यानलबाट विमल क्षेत्री २८२ मत सहित विजयी हुनु भएको छ । प्रतिस्पर्धी वन्दना गैह्रेले २७७ प्राप्त गर्नु भएको थियो । कोषाध्यक्षमा संयुक्त प्यानल बाट सच्चा रेग्मी २९९ मत सहित विजयी हुनु भएको निर्वाचन अधिकृत त्रिविक्रम खनालले जानकारी दिनुभयो । नेवि संघबाट कोषाध्यक्षका उम्मेद्वार धनकला रानाले २५६ मत प्राप्त गर्नु भएको छ ।

प्रत्यक्ष तर्फको सदस्यहरुमा नेविसंघबाट ३ सदस्य निर्वाचित भएका छन् ।  २७३ मत सहित सदिक्षा ढकाल, संयुक्त प्यानल बाट २६३ मत सहित निरुता ढेंगा, नेविसंघ बाट २६१ मत सहित सविना भण्डारी, नेविसंघबाट २६० मत सहित शशी ढकाल र संयुक्त प्यानलबाट २६० मत सहित इन्द्र बहादुर सोती निर्वाचित हुनु भएको खनालले जानकारी दिनुभयो ।

सदस्यका उम्मेद्वार संयुक्त प्यानलका अनिता श्रेष्ठले २५९, भुवन न्यौपानेले २५९, कमल सारुले २५८, नेवि संघका बसन्ती सुनारीले २५४ र स्वतन्त्र बाट निखिल सुनारले २०५ मत प्राप्त गर्नु भएको छ ।

निर्वाचनमा कुल मतदाता ७ सय १५ मध्ये ५ सय ७१ मत खसेको थियो । समानुपातिक तर्फ नेवि संघले २७० र अनेरास्ववियुले २९९ मत प्राप्त गरेको छ । जसमा २ मत बदर भएको थियो । मंगलबार स्थगित भएको मतगणना कार्य बुधबार साँझ पुन सुचारु भए संगै स्ववियु निर्वाचनको अन्तिम नतिजा आएको हो । सर्वदलिय सर्वपक्षिय बैठक पश्चात पौने ८ बजे देखि मतगणना कार्य सुरु भएको थियो । शहीद बहुमुखी क्याम्पसमा स्थापनाकाल २०४८ साल देखि नेवि संघले नेतृत्व गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com