2

Logo २०८३ बैशाख १४ सोमबार
त्रिभुवन बहुमुखी क्याम्पसमा स्वबियु निर्वाचन तयारी पुरा, १ हजार ८सय ९४ मतदाता

त्रिभुवन बहुमुखी क्याम्पसमा स्वबियु निर्वाचन तयारी पुरा, १ हजार ८सय ९४ मतदाता


Sabalnews प्रकाशित मिति : मंगलबार, चैत्र ४ २०८१
1.1K

पाल्पा ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावको अन्तिम तयारी सकिएको छ । पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम तयारी सकिएको क्याम्पसका प्रमुख डा. टंकप्रसाद पन्थले जानकारी दिनुभयो ।

त्रिभुवन बहुमुखी क्याम्पसबाट एक हजार ८९४ जना मतदाता विद्यार्थी रहेका छन् । यद्यपी धेरै निश्क्रिय मतदाता रहेको अनुमान गरिएको छ । क्याम्पसमा नियमित कक्षा लिने विद्यार्थी ५० प्रतिशतभन्दा कम रहेको क्याम्पस स्रोतले जनाएको छ ।
कुल १९ पदका लागि निर्वाचन हुँदैछ । १० पदमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनेछ । यस्तै ९ पदमा भने समानुपातिक मतबाट नेतृत्व चयन हुनेछ ।

प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्षसहित १० पदमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । त्यसमा विद्यार्थी संघ संगठनबाट उम्मेदवार बनेकालाई मत दिनुपर्ने स्ववियु निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिनुभयो । यस्तै समानुपातिक उम्मेदवारका लागि संगठनलाई मत दिनुपर्ने प्रावधान छ । संगठनले पाएको मतको आधारमा स्ववियुमा प्रतिनिधित्व हुने थापाले बताउनुभयो ।

चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा गरिएको क्याम्पसमा उपप्राध्यापक सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार मतदानका लागि चार वटा मतदान केन्द्र तोकिएको छ ।

पश्चिम नेपालको प्रमुख क्याम्पसको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन जित्नैपर्ने दवावमा विद्यार्थी संगठन रहेका छन् । त्रिवक्या पाल्पाको स्ववियु जित्नैपर्ने दवावका कारण निर्वाचन आफ्नो पक्षमा पार्न पार्टीको नेतादेखि जनप्रतिनिधिसम्म सक्रिय छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com