2

Logo २०८३ बैशाख १४ सोमबार
भैरवस्थान मन्दिर व्यवस्थापन समितिमा नयाँ नेतृत्व

भैरवस्थान मन्दिर व्यवस्थापन समितिमा नयाँ नेतृत्व


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१
694

पाल्पा ।

ऐतिहासिक एवं धार्मिक महत्व बोकेको भैरवस्थान मन्दिर व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

समितिले मन्दिरको व्यवस्थापन, संरक्षण तथा धार्मिक गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। शपथ ग्रहण कार्यक्रममा स्थानीय, समाजसेवी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले उनीहरूलाई शपथ ग्रहण गराउनुभयो । मठमन्दिर व्यवस्थापन ऐन २०८१ अनुसार गाउँपालिका अध्यक्षलाई शपथ ग्रहण गराउने अधिकार छ । सोही अनुसार, अध्यक्ष कार्कीले समितिका नव–निर्वाचित पदाधिकारीहरूलाई औपचारिक रूपमा सपथ गराएका हुन् ।

समितिको अध्यक्षमा दिलिप रायमाझी, उपाध्यक्षमा गम्भीर आले, सचिवमा वीरेन्द्र मिथुन, सहसचिवमा नरबहादुर आले, कोषाध्यक्षमा धीरेन्द्र प्रधान चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा सीता थापा, कमला केसी, मनकुमारी गाहा र बमबहादुर रायमाझी रहेका छन् ।

रिब्दीकोट गाउँपालिकाले मठमन्दिर व्यवस्थापन ऐन २०८१ गाउँसभाबाट माघ १५ गते पारित गरेको थियो । माघ १६ गते गाउँपालिका अध्यक्ष कार्कीले प्रमाणित गरेपछि ऐन जारी भएको हो ।

यस ऐनअनुसार, मठमन्दिरहरूको उचित व्यवस्थापन, संरक्षण तथा विकास गर्ने उद्देश्य रहेको छ । नेपाल सरकारको मठमन्दिर व्यवस्थापन समिति गठन प्रक्रियाभित्र रही कार्तिक १७ गते रिब्दीकोट गाउँपालिका वडा नम्बर ४ ले सार्वजनिक सूचना जारी गरी भेला डाकेको थियो । उक्त सूचनाको आधारमा कार्तिक २७ गते भेला आयोजना गरी पदाधिकारी चयन गरिएको हो । सोही समितिलाई रिब्दीकोट गाउँपालिकाले मठमन्दिर व्यवस्थापन ऐन अनुसार नै पूर्ण मान्यता दिएको छ ।
भैरव मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल भएकोले नयाँ व्यवस्थापन समितिबाट यसको संरक्षण, प्रवद्र्धन तथा व्यवस्थापनमा प्रभावकारी कदम चालिने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो । यस समितिले नमुना काम गरी सफल हुन पदाधिकारीलाई आग्रह गर्नुभयो ।

रिब्दीकोट गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष सोमकुमार कार्कीले पहिलाका समितिका काम भन्दा राम्रा काम गर्न मेहनत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले नयाँ पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम रिब्दीकोट गाउँपालिका सूचना अधिकारी रुकलाल भट्टराईको सञ्चालन र वडा नम्वर ४ का वडाध्यक्ष सोमकुमार कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com