2

Logo २०८३ बैशाख १४ सोमबार
सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषबाट सबलन्युज सम्पादक सीता डोटेल सम्मानित

सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषबाट सबलन्युज सम्पादक सीता डोटेल सम्मानित


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०८१
876

पाल्पा ।

पाल्पा रामपुरका समाजसेवी सुब्बा लोकनाथ रेग्मी उपाध्यायको स्मृतिमा स्थापित अक्षयकोषबाट पत्रकार सीता डोटेल सम्मानित हुनुभएको छ । नेपाल सरकारको जागिरे सुब्बा हुनुभएका लोकनाथ रेग्मी उपाध्यायले रामपुर क्षेत्रका हरेक सामाजिक संस्थामा धन, मन र तनले सहयोग गर्दै आउनुभएको थियो ।

शताब्दी पुरुष समेत उपाध्यायको गत २०७८ साल चैत्र १ गते १०१ बर्षको उमेरमा निधन भएको हो । रामपुर नगरपालिका ६ बिजयपुरका निवासी लोकनाथ रेग्मी उपाध्यायको स्मृतिमा रेग्मी परिवारले स्थापना गरेको सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषबाट लामो समयदेखि पाल्पामा रहेर पत्रकारिता गर्नुभएका पत्रकार सीता डोटेल र पुर्वी पाल्पाको हाइस्कुल रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्साललाई नगद सहित सम्मान गरिएको हो ।

निधनको तेस्रो स्मृति दिवसमा रेग्मी परिवारले वडा कार्यालयको समन्वयमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्र र सञ्चार क्षेत्रबाट सामाजिक क्षेत्रमा निभाएको उल्लेख्य भुमिकाको कदर गर्दै २ जनालाई सम्मान गरेको हो । वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा स्वर्गीय सुब्बा लोकनाथ रेग्मी उपाध्यायका श्रीमती तथा अक्षयकोषका संरक्षक तिलकुमारी रेग्मी, छोराहरु नारायण प्रसाद, सुदनप्रकाश र ओम प्रकाश रेग्मी बुहारी र रेग्मी परिवार सहित रामपुर नगरपालिका वडा नम्बर ६ परिवारले उहाँहरुलाई सम्मान गरेको हो ।

रेग्मी परिवारले रामपुर ५ निवासी पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह नेपाल पाल्पा शाखाका अध्यक्ष, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य तथा सबल न्युज डटकम अनलाईन मिडिया सञ्चालनका साथै बिभिन्न संघसंस्थामा आबद्ध भई समाजका हरेक बिषय उठान र सकारात्मक परिवर्तनका लागि सचेतता दिदै आउनुभएका पत्रकार सीता डोटेललाई सम्मान गरेको हो ।

अक्षयकोषबाट पाल्पाकै नमुना माध्यमिक विद्यालय रामतुलसी नमुना माध्यमिक विद्यालयका प्रध्यानध्यापक रामपुर ६ बिजयपुर निवासी बालकृष्ण लम्साललाई सामुदायिक विद्यालय र चुस्त प्रशासन तथा शिक्षाको दियो छरी हजारौं सबल सक्षम युवा जनशक्ति उत्पादनमा दत्त चित्त भई नमुना विद्यालयको चिनारीका लागि दिनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको रेग्मी परिवारले जनाएको छ ।

सामाजिक क्षेत्रमा तल्लिन बुवा लोकनाथ रेग्मीको समाजसेवी भावनाले समाजसेवामा लाग्ने, मेहनत गर्ने व्यक्तिलाई हौसला होस् भनेर अक्षयकोष स्थापना गरि सम्मान गरेको स्वर्गीय रेग्मीका छोरा सुदनप्रकाश रेग्मीले बताउनुभयो । लोकनाथ रेग्मीका कान्छा छोरा ओम प्रकाश रेग्मीले अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थामा सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषमा नगद १ लाख राखेर अक्षयकोष शुरुवात गरिएको बताउनुभयो ।रेग्मीका श्रीमती तिलकुमारी रेग्मीले सामाजिक काममा पहिल्यै देखि मन जागेको स्मरण गर्दै उहाँको सम्झनामा धेरै विद्यालय संस्थामा अक्षयकोष खडा गरेको र सामाजिक क्षेत्रमा उत्कृष्टलाई पनि सम्मान गर्न नयाँ धारणा ल्याएको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आफ्नो र परिवारको लागि जागिर खाएपनि सामाजिक क्षेत्रमा बुवा लोकनाथ उपाध्यायले पुर्‍याउनुभएको योगदानको कदर गर्दै सबैले यस्तो सत्कर्मको सिको गर्नुपर्ने बताउनुभयो । रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले वडाबासी समाजसेवी लोकनाथ सुब्बा वडाको मात्र नभई रामपुर क्षेत्रको एक अभिभावक भएको बताउदै उहाँको सम्झनामा अक्षयकोष स्थापना र सम्मान गर्नु आफैमा राम्रो र सकारात्मक पहल भएको बताउनुभयो । वडाको समन्वयमा कार्यक्रम गरि सम्मान गरेकोमा उहाँले रेग्मी परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । लोकनाथ बुवाले रामपुर क्षेत्रका हरेक शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन स्थलमा सहयोग गरेको बताउदै उहाँले परिवारको असल सत्मार्ग प्रति धन्यवाद दिनुभयो ।

बि.स. १९७८ सालमा जन्मनुभएका सुब्बा लोकनाथ उपाध्याय रेग्मीको गत २०७८ साल चैत १ गते निधन भएको थियो । ६० बर्षसम्म सरकारी जागिरे रहनुभएका उहाँ सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । श्रीमती, ३ छोरा र बुहारी, सात छोरी, १५० नातिनातिना पलातिपलातिना रहनुभएका रेग्मी परिवार सुब्बा लोकनाथ रेग्मी र उहाँको निधन पश्चात् रेग्मी परिवाले बिबिध क्षेत्रमा सहयोग गर्दै आएको छ ।

शैक्षिक संस्था, संचार क्षेत्र, सामाजिक संघ संस्थामा झण्डै पाँच करोड बराबरको रकम सहयोग गर्नुभएको उहाँको रामपुर तालपोखरामा अर्धकदको प्रतिमा राखिएको छ । तालपोखरा बनाउनका लागि २०६६ साल पुष ११ गतेदेखि चलेको १८ गतेसम्म चलेको महायज्ञमा रेग्मीले सबैभन्दा धेरै १३ लाख ३३ हजार ३ सय ३३ दान गर्नुभएको थियो ।

स्थापित अक्षयकोषबाट गतबर्ष रामपुर ६ बस्ने महिला उद्यम र आयआर्जन तथा वडामा सचेतना दिदै आउनुभएकी अग्रसर महिला सुस्मा आले र कृषि पेशालाई अगाल्दै आनुभएका रामपुर ६ का बाख्रापालन तथा तरकारी खेती गर्दै आउनुभएका काशीराम आचार्यलाई सम्मान गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com