2

Logo २०८३ बैशाख १४ सोमबार
अनेरास्ववियु त्रिभुवन क्याम्पस स्ववियु सभापतिमा अर्याल उम्मेदवार

अनेरास्ववियु त्रिभुवन क्याम्पस स्ववियु सभापतिमा अर्याल उम्मेदवार


Sabalnews प्रकाशित मिति : सोमबार, फाल्गुन २६ २०८१
575

पाल्पा ।

स्ववियुकाे निर्वाचन नजिकिँदै जाँदा अनेरास्वियुले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा महिलालाई सभापतिकाे उम्मेदवार बनाउने भएकाे छ ।

अनेरास्ववियुले आगामी चैत ५ गते हुने स्ववियुकाे निर्वाचनमा अनुजा अर्याललाई सभापतिकाे उम्मेदवार बनाउने भएकाे हाे ।
अनेरास्ववियुले पहिलाे पटक महिलालाई स्ववियुकाे सभापति उम्मेदवार बनाएकाे छ ।

स्ववियुले विद्यार्थीकाे हितमा काम गर्न नसकेकाले अब पार्टी राजनिति भन्दा विद्यार्थीको हकहितमा काम गर्न आफूले उम्मेदवारी दिएकाे अर्यालले बताउनुभयाे । स्ववियुलाई र विद्यार्थी संगठनहरूलाई पार्टीकाे राजनीति गर्ने संगठन बनाउनुभन्दा विद्यार्थीकाे हितमा काम गर्ने संस्था बनाउनुपर्नेमा उहाँले जाेड दिनुभयाे । अर्यालकाे विभिन्न युवा तथा सामाजिक संस्थामा काम गरेकाे अनुभव छ ।

स्ववियुलाई विद्यार्थीकाे अधिकार र हितमा काम गर्ने संस्था बनाउने प्रतिवद्धता अर्यालको छ । सभापति पदका उम्मेदवार अर्याल हाल विएस्सी चाैथाे सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com