शनिबार यी ठाउँमा विद्धुत आपूर्ति बन्द
शनिबार यी ठाउँमा विद्धुत आपूर्ति बन्द
603
पाल्पा ।
बुटवल पावर कम्पनी लिमिटेड आँधिखोला वितरण केन्द्र मार्फत विद्युत आपुर्ति हुँदै आएको पाल्पा र स्याङ्जाका केही स्थानमा शनिबार विद्युत सेवा बन्द हुने भएको छ ।
रामपुर नगरपालिका र चापाकोट नगरपालिका अन्तर्गतका सम्पूर्ण क्षेत्र, गल्याङ्ग नगरपालिका वडा नं. ९ र १० अन्तर्गतको बेलचौर, सम्पास, गेझा, साङ्लिया र पकवादी, रम्भा गाउँपालिका वडा नं. १ र २ अन्तर्गत माझखण्ड, च्याङलिङ र फोक्सिङ्ग डाँडा क्षेत्रहरुमा बिहान ९ बजे देखि ३ बजे सम्म विद्युत आपुर्ति बन्द हुने बिपिसिले जनाएको छ।
पावर कम्पनी लिमिटेड आँधिखोला वितरण केन्द्र गल्याङ्गले शुक्रबार सूचना जारी गर्दै गल्याङ्ग–रामपुर ३३ के.भी. लाइन अन्तर्गत पकवादीमा नयाँ ट्रान्सफरमर जडान र रुखका हाँगाविगा कटान, छटान गर्नु पर्ने भएकाले सो लाइन बाट विद्युत वितरण गरिएका क्षेत्रहरुमा ६ घण्टा विद्युत आपुर्ति बन्द रहने जनाएको छ । तोकिएको समय अगावै कार्य सम्पन्न भएमा विद्युत आपुर्ति लगतै सुचारु हुने सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट