गल्धाफाट निस्दीखोलामा पक्की पुलको बन्ने
पाल्पा ।
निस्दी गाउँपालिका वडा नम्बर ५ गल्धाफाँटमा रहेको निस्दी खोला पुलको शिलान्यास भएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्रालयका मन्त्री भुमिस्वर ढकालले पुलको शिलान्यास गर्नुभयो ।कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, लुम्बिनी प्रदेश सभा सदस्य एबं अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ ,लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्रालयका सचिव लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, समाजसेवी,पत्रकार लगायत सर्बसाधारणहरुको सहभागिता रहेको थियो ।
२०८१ साल कार्तिक ४ गते सम्झौता भएको आयोजनाको २०८३ साल कार्तिक २ गते निर्माण सम्पन्न हुने निर्माण कम्पनी सुभलक्ष्मी शुक्र कमली हेभन जेभी बेल्डान्डिले जनाएको छ । ५ करोड ९८ लाख ६३ हजार ९ सय ३३ रुपैयाँमा सम्झौता भएको आयोजनाको पुलको कुल लम्बाई ५३ मिटर, चौडाई १० मिटर सहित दुबै भागमा १ दशमलब २५ मिटरको फुटपाथ बन्नेछ ।
कार्यक्रममा निर्माण ब्यबसायी पुरुषोत्तम केसीले आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन निस्दी गाउँपालिकाका प्रशासन अधिकृत अर्जुन खनालले गर्नुभएको थियो ।