2

Logo २०८३ बैशाख १३ आइतबार
अब आत्मनिर्भर मात्र होइन विकास आर्थिक क्रान्तिको हुनुपर्छ–काग्रेंस युवा नेता गगन थापा

अब आत्मनिर्भर मात्र होइन विकास आर्थिक क्रान्तिको हुनुपर्छ–काग्रेंस युवा नेता गगन थापा


Sabalnews प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०८१
1.2K

पाल्पा ।
नेपाली काग्रेंसका महामन्त्री तथा युवा नेता गगन थापाले अब देश आत्मनिर्भर मात्र होइन आर्थिक विकासमा क्रान्ति हुुनुपर्ने बताउनुभएको छ । देश आर्थिक हिसाबले माथि उठेमात्र नेपालीको समृद्धि हुने भन्दै रोजगार र विकासलाई जनमुखी बनाउनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेपाली काग्रेंस पुर्वखोलाले मैदानमा आयोजना गरेको प्रथम लोकतान्त्रिक महोत्सबको उद्घाटन गर्दै नेता थापाले हुँदै नभएको भन्दा पनि नेपालका स्रोत साधन प्रयोग र रोजगारसँग जोडेर आर्थिक आम्दानी लिने गरि काम हुन नसकेको बताउनुभयो । केही बर्ष अघिसम्म गाउँघरमा पुग्न महाभारत हुन्थ्यो अहिले एकै दिन २÷३ जिल्ला पुगेर राजधानी फर्कन सकिन्छ थापाले भन्नुभयो–जसरी बाटो घाटो बनेर विकासका लहर थपिएका छन् ।त्यसैगरि आर्थिक आम्दानी बढाउने गरि गाउँ गाउँमा कृषि, पेशा व्यवसाय जस्ता रोजगारी र्सिजना गरिनुपर्दछ ।
अहिलेको गठबन्धनको समय अबधि अझ ३ बर्ष रहेको बताउदै काग्रेंसको मिसन ०८४ होइन, मिसन २०८१ गुणस्तरीय शिक्षा, मिसन स्वास्थ्य र रोजगारी हुनुपर्छ, समय हामीले पाएका छौं, उहाँले भन्नुभयो । एमाले नेता मनमोहनको ९ महिने सरकार एमालेले सम्झिरहने सरकार हो । तर हामी सँग ३६ महिना छ ।
उहाँले देशको निर्वाचन प्राणालीको हकमा एक्लै सरकार बन्न नसक्ने त्यसैले कुनै न कुनै पार्टी सँग मिलेर मात्र सरकार बन्ने बताउनुभयो ।
आर्थिक सबलीकरणका लागि धेरै काम गर्न बाँकी रहेको बताउदै थापाले एक पक्ष बिग्रियो भत्कियो भन्ने जमात छ, देश ओरालो लाग्यो लाग्यो गयो गयो ओरालो लाग्यो भन्ने छ । अर्का पक्ष छ कसले भत्कायो बिगार्याे भन्यो उसैलाई सणयन्त्र गरेको देख्छ, अब सकारात्मक सोचेर देश विकास र परिर्वतनमा लाग्नुपर्छ ।
नेपाल कुखुराको मासुमा आत्मनिर्भर छ, तर कुखुरालाई खुवाउन दाना मकै भटमासलाई आयात गर्नुपर्ने अबस्था छ । अहिले बाहिरबाट १५ अर्बको मकै भटमास आउछ उत्पादन सँग जोडेको खोई? अन्य होइन दैनिक हामीले लगाउने जुत्ता वार्षिक १७ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता छ तर उत्पादन कम छ अहिले ५० लाख भारत बिक्री गरिरहेको जुत्ता ५ करोड पु¥याउन कसरी सकिन्छ भनेर सोच्नुपर्ने होइन? युवा नेता थापाले भन्नुभयो ।
प्रजातन्त्र दिवसको अबसरमा भएको कार्यक्रममा बोल्दै नेता थापाले विभिन्न क्रान्तिको साक्षी मात्र होइन नेतृत्व काग्रेंसले गरेको स्मरण गराउदै प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्रसम्म भएका उपलब्धिलाई अब आम नागरिकको विकाससम्म लैजानुपर्ने बताउनुभयो । ०४८ सालमा काग्रेंसको नेतृत्वमा बनेको सरकारको ढुकुटीमा उठ्ने रकम १२ अर्ब थियो त्यो समयमा पनि १ अर्ब जुत्ता कागज लत्ताकपडाको फ्क्याटीलाइ दिनुपथ्यो त्यसैले यस्ता काम सरकारले गर्ने होइन, सरकारको काम शिक्षा, स्वास्थ्य दिने सडक बनाउने हो उहाँले भन्नुभयो ।
आफुले शुरु गरेको स्वास्थ्य बिमा जुन उद्देश्यले ल्याएको हो,त्यस्तो कार्यान्वयनमा नगएको बताउदै उपचारमा खर्च नहुने गरि नहुनेलाई पुरा उपचार र हुनेलाई तिर्ने गरि उपचार गर्न घरखेत बेच्न नपरोस् भनेर स्वास्थ्य बिमा कार्यक्रम ल्याएर उहाँले बताउनुभयो ।
हाम्रो आम्दानी भन्दा ३ गुणा बढी भुटानमा हुन्छ, भुटान सानो देश हो, झण्डै जनसंख्या ६ लाख छ, भुटानको समस्या पनि विदेश पलायन हो । त्यहाँका ४० हजार युवा बाहिर गए । हामी पनि बिदेशिएका नागरिकलाई सम्झदा त्यस्तो लाग्छ । तर युवा यही रोक्ने बनाउनुपर्दछ ।
नेपाली काग्रेंसको सय दिने अभियानका पुर्वखोला संयोजक तथा लुम्बिनी प्रदेश कार्यसमिति सदस्य सन्दिप रानाले अधिकारका लागि रगतको क्रान्ति गर्नुभयो, अब हामी पसिना बगाउनुपर्छ, जबसम्म स्वाभलब्ध हुदैन, एक अर्काको बिचार विमर्श गरेर सच्चिएर जानुपर्ने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com