2

Logo २०८३ बैशाख १३ आइतबार
१३ औं दिनमा भव्यताका साथ सकियो “चौथो रामपुर महोत्सव

१३ औं दिनमा भव्यताका साथ सकियो “चौथो रामपुर महोत्सव


Sabalnews प्रकाशित मिति : सोमबार, माघ २८ २०८१
1.2K

पाल्पा ।

पाल्पाको रामपुरमा चलेको चौथो रामपुर महोत्सव तथा व्यापार मेला भव्यताका साथ सकिएको छ । गत माघ १५ देखि शुरु भएको मेलाको सफलता प्राप्ति गर्दै आइतबार समापन भएको हो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा भएको मेलामा लाखौं दर्शकको उपस्थिति र करोडौंको व्यापार भएको छ । महोत्सवको आइतबार समापनका अबसरमा  लुम्बिनी प्रदेश सभा सदस्य अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले रामपुर नगरपालिकालाई मुलुकको शासकीय स्वरुपमा सिमित नराखी कालीगण्डकी महानगरको अवधारणाका साथ अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।

कालीगण्डकी नदीले रामपुर र अन्य जिल्लाको सिमा निर्धारण गरेपनि कालीगण्डकी उपत्यकाको समुदाय, कला र संस्कृति समान रहेको बताउँदै कालीगण्डकी उपत्यकाको एकिकृत विकासमा साझा अवधारण बनाएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । रामपुर महोत्सवले देश आर्थिक मन्दीमा छ भन्दै गर्दा रामपुर महोत्सव दर्शकको उपस्थिति र व्यवसायले फरक संन्देश दिएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मुलुकको अर्थतन्त्र जब सम्म चलायमान हुन सक्दैन तब सम्म आर्थिक विकासले गति लिन नसक्ने बताउनुभयो । मेलाले उद्योग तथा व्यापार मात्र नभै खेल तथा कला संस्कृतिमा रहेका नयाँ प्रतिभाहरुले पनि सिक्ने अवसर प्राप्त गरेको बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले महोत्सवमा दर्शकहरुको उल्लेख्य उपस्थितिले मेला सफल भैसकेको बताउँदै अब फराकिलो खुल्ला स्थानको आवश्यकताको महशुस गराएको बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका सल्लाहाकार हजिल दिन मियाँले मेलाले गण्डकी बेशी क्षेत्रको पहिचानलाई थप स्थापित गर्न सफल भएको बताउनुभयो ।

नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईले विगतको महोत्सवको तुलनामा यस पटकको महोत्सव उत्कृष्ट भएको बताउनुभयो । नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष लिल बहादुर गाहाले रामपुरको पहिचान, धार्मिक तथा पर्यटकिय स्थलको प्रचारप्रसार संगै व्यापारमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो । रामपुरको समग्र विकासको लागि बेला बेलामा मेला र महोत्सव हुनु आवश्यक रहेको बताउनुभयो ।नेकपा मोओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष भिम विश्व भट्टराईले मेला सबैको साथ र सहयोगले सपलता प्राप्त गर्न सफल भएको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ७ का वडा अधयक्ष दोवराज तिवारीले थोपाथोपामा रहेका पुँजीलाई चलायमान गराउन सके मात्र विकासले गति लिन्छ भन्ने कुरा उद्योग वाणिज्य संघले प्रमाणित गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेलले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण टेवा दिएको बताउँदै अब स्थानीय उत्पादनलाई बजार संग जोड्ने वातावरण तयार गर्नु आवश्यक रहेको बताउनुभयो ।

महोत्सव सोचे भन्दा बढी लक्ष्य प्राप्त गर्दै सफलताका साथ सम्पन्न भएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । मेला समापनको अवसरमा उहाँले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण योगदान दिनुहुने सरोकारवालाको सहयोग व्यवसायी तथा दर्शकहरुको साथले महोत्सव सफल भएको बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले दर्शकहरुको साथ र सहयोगले आयोजकलाई थप उत्साहित बनाएको बताउनुभयो । संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव खिम बहादुर केसी पुरुषोत्तमले गर्नु भएको हो ।

मेला समापनको अन्तिम दिन आइतबार पनि उल्लेख्य सहभागीता रहेको थियो । मेलामा आइतबार चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गायक मोहन खड्का, डिप्लव खाती, मोडल तथा डान्सर आस्था न्यौपाने, श्रेया थापा मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । कलाकारहरुको प्रस्तुति सँगै मेलामा उपस्थित दर्शकहरुले छमछमी नाचेर तथा संग संगै गाएर कलाकारहरुलाई साथ दिएका थिए । मेला समापनको अवसरमा आयोजक रामपुर उद्योग वाणिज्य संघले महोत्सवको जिङ्गलमा टिकटक भिडियो बनाउने टिकटक प्रयोगकर्ता मध्ये उत्कृष्ट हुन सफल शिशिर जंग रेग्मीलाई पुरस्कृत गरेको छ ।

मेलाको अन्तिम दिन सांस्कृतिक कार्यक्रम स्थल, विक्री स्टल पनि दर्शकहरुले खच्चाखच भरिएको थियो । साथै विक्री स्थलमा पनि किनमेल गर्नेहरुको भिड लागेको थियो । कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ  “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ सुरु भएको मेला स्थल दैनिक दर्शकहरुले अत्याधिक उपस्थिति रहेको थियो । मेलाका स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको छ ।

संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको थियो । साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै समुदायको मौलिक खानाको स्टल रहेको थियो । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री, अण्डर वटर फिस टनेल, राष्ट्रिय स्तरको क्लवहरुको उपस्थितिमा भलिबल प्रतियोगिता, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com