2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर कप २०८१ अन्तर्गत आज तृतीय स्थानका लागि खेल हुँदै

रामपुर कप २०८१ अन्तर्गत आज तृतीय स्थानका लागि खेल हुँदै

फाइनलमा एपीएफ र पुलिस क्लब भिड्ने

Sabalnews प्रकाशित मिति : शनिबार, माघ २६ २०८१
1.3K

पाल्पा ।

पाल्पाको रामपुरमा जारी रामपुर महोत्सव अन्तर्गत आयोजना गरिएको राष्ट्रिय भलिबल कप २०८१ मा आज पहिलो खेल तृतीय स्थानका लागि हुने भएको छ ।

रामपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ १५ गतेदेखि रामतुलसी नमुना माविको खेल मैदानमा शुरु भएको रामपुर महोत्सव, कृषि प्रदर्शन तथा व्यापार मेलामा माघ २१ गतेदेखि क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
महोत्सवको थप आकर्षण तथा राष्ट्रिय खेल भलिबल खेल प्रति क्रेज बढ्दै संघको खेलको आयोजना गरेको हो ।

फाइनल प्रबेशका लागि आर्मी र पुलिस क्लब भिड्दै

६ समूह सहभागी खेल अन्तर्गत शनिबार तेस्रो स्थानका लागि खेल हुदैछ । पाल्पाको निस्दी भलिबल क्लब र त्रिभुवन आर्मी क्लब तृतीय स्थानका लागि भिड्नेछन् । फाइनल खेलमा प्रबेश गर्न निस्दी भलिबल क्लब एपिएफ क्लब संग र त्रिभुवन आर्मी नेपाल पुलिस क्लब संग पराजित भएको थियो ।

फाइनलमा प्रबेश गरेको एपिएफ निस्दीलाई २५-२१,१८-२५,१९-२५ र २२-२५ अर्थात् १ का विरुद्ध ३ सेटले बिजयी भई फाईनलमा पुगेको हो । त्यस्तै, नेपाल पुलिस क्लब पनि १ का विरुद्ध ३ सेटले आर्मीलाई पछि पार्दै जित निकालेको हो । पुलिस क्लबले २५-१८,१८-२५,२३-२५ र २०-२५ ले जित निकालेको हो । तृतीय स्थानका लागि खेल भए संगै शनिबार नै एपिएफ र पुलिस क्लब बिच फाइनल खेल हुने खेल संयोजक कमल रानाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com