2

Logo २०८३ बैशाख १४ सोमबार
महोत्सवमा आयोजित बक्तृत्वकला प्रतियोगितामा अब्दुल खालिद प्रथम

महोत्सवमा आयोजित बक्तृत्वकला प्रतियोगितामा अब्दुल खालिद प्रथम


Sabalnews प्रकाशित मिति : बिहिबार, माघ २४ २०८१
1.1K

पाल्पा

रामपुर महोत्सवमा आयोजित माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा आधारभुत माविका विद्यार्थी अब्दुल खालिद उत्कृष्ट भएका छन् ।

गत माघ १५ गतेदेखि शुरु भएको रामपुर महोत्सव, कृषि प्रदर्शन तथा व्यापार मेलामा माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार” शीर्षकमा भएको प्रतियोगितामा  १४ विद्यालयले भाग लिएका थिए ।

माध्यमिक तहका छात्रा छात्र सहभागी बक्तृत्वकला प्रतियोगितामा आधारभुत माबिका खालिद प्रथम, द्दितिय रामपुर आवासिय उच्च माबिका विद्यार्थी शारदा श्रेष्ठ, तृतीय भानुभक्त माबी रामपुर ५ का विद्यार्थी वर्षा रावत र सान्त्वना भुपु सैनिक बोर्डिङ स्कुलका विद्यार्थी मनिषा नेपाली भएकी छन् ।

प्रतियोगितामा बिजयी विद्यार्थी प्रथम, द्दितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार ५ सय, ५ हजार, ३ हजार र १ हजार ५ सय नगद प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com