चौथो दिन पनि चम्कियो रामपुर महोत्सव
पाल्पा ।
आर्थिक समृद्धिको लागी कालीगण्डकी उपत्यका बिकासको मुल आधार भन्ने नाराका साथ चौथो रामपुर महोत्सव एबं ब्यापार मेलाको माघ १५ गतेदेखि जारी महोत्सवमा आज चौथो दिन हजारौं दर्शहरुको सहभागिता रहयो ।
चौथो दिन रास्ट्रिय कलाकारहरु रास्ट्रिय लोक दोहोरी गायक श्याम राना,खुमन अधिकारी,लोक दोहोरी गायिका सिर्जना आले, नबिना सुबेदी,दिलु फगामी मगर,लोक दोहोरी गायक हुम गैरेको प्रस्तुतिले दर्शकहरुलाइ रमाइलो बनाएका थिए ।कार्यक्रममा दोहोरी गित प्रतियोगिता सहित स्थानिय कलाकारहरुको रमाइलो प्रस्तुति रहेको थियो ।
रामपुर नगरपालिका वडा नम्बर ५ बेझाँडको रामतुलसी माद्यामिक बिद्यालयको खेल मैदानमा जारी मेला संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षता भैरहेको छ । साँस्कृतिक कार्यक्रमको संचालन लोक दोहोरी गायका जीवन दाहाल र दोहोरी गित प्रतियोगिताको संचालन नारायण लेकालीले गर्नुभएको थियो ।आजको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एबं अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठ मुख्य पाहुना रहनुभएको हो ।
महोत्सव स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न, कालीगण्डकी क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न, स्थानीय कला संस्कृतिको संरक्षण गर्न र यो क्षेत्रको आर्थिक समृद्धिको लागी महोत्सव आयोजना गरिएको हो ।
आज चाैथाे दिनमा ४ हजार ५ सय ३३ टिकट विक्री भएको र
३ लाख ९५ हजार ८ सय रुपैया टिकट बिक्रीबाट आम्दानी भएको प्रचारप्रसार उपसमिति संयोजक बासुदेब ढकालले जानकारी दिनुभयो ।उहाँले १ कराेड ३५ लाख बढीको काराेवार भएको बताउनुभयो ।शुक्रबार दर्शकहरुले खचाखच भरिएकाे मेला स्थलमा ६ हजारबढी दर्शकहरुले मेलाको अबलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
मेलामा स्थानीय कृषि उत्पादनका बस्तु, घरेलु तथा कुटीर उद्योग,कारागारमा कैदीबन्दीले उत्पादित सामानहरु, बिज्ञान तथा प्रबिधिका सामानहरु, हस्तकला तथा महिलाउद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकार ,स्थानीय उत्पादनका कफी सप, बाल उध्यान,फोटाे प्रदर्शनी, अटोमोबाईलस लगायतका स्टलहरु रहेको संघका महासचिव पुर्सोत्त्म केसीले जानकारी दिनुभयो । त्यसैगरी मेलामा आकर्षणकाे रूपमा अन्डर वाटर फिस टनेल, चौरीगाइसंग फोटाे खिच्ने ब्यबस्था र घोडामा सयर गर्ने ब्यबस्था रहेको छ ।
रामपुर उद्योग बाणिज्य संघको आयोजनामा चलिरहेको महोत्सवको रामपुर नगरपालिका संरक्षक, यति ब्रुअरी लिमिटेडको प्रायोजन ,यसियन थाई फुडको सहआयोजना रहेको मेला आउँदाे माघ २७ गतेसम्म चल्नेछ ।
महोत्सवमा १ करोड २० लाख आम्दानी गर्ने लक्ष्य रहेको र ८० लाख खर्च हुने अनुमान रहेको आयोजकले जानकारी दिएको छ ।