स्पेनका लागि नेपाली राजदुत नेपालद्वारा पदभार ग्रहण
काठमाडौं ।
स्पेन अधिराज्यका लागि नेपालका आवसीय राजदूत एवम् माल्टाका लागि गैर-आवासीय महामहिम राजदुत सनिल नेपालले पदभार ग्रहण गर्नुभएको छ ।
नेपाली पात्रो अनुसार नेपालले २०८१ माघ ७ गते तदनुसार २० जनवरी २०२५ का दिन दुतावासमा पुगि पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले आफ्नो कार्यकालमा सदैव नेपाल र नेपालीको हित प्रवर्धन तथा कुटनितिलाई उचो राख्ने गरि काम गर्ने बताउनुभयो ।
नेपालले स्पेनमा आबासिय राजदुतका रुपमा र माल्टामा गैरआवासियका रुपमा ती देशको राजदुतको काम गर्नुहुनेछ । पाल्पा घर भएका नेपाल कान्छा राजदुत समेत हुनुहुन्छ । उहाँ यस अघि पनि कुशल राजदुतको रुपमा काम गरिसक्नुभएको छ ।