रैनादेवीमा अध्यक्ष कप भलिबल प्रतियोगिता जारी
पाल्पा ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा माघ ६ गते देखि शुरु भएको पाँचौँ अध्यक्ष कप जारी छ । प्रतियोगिता अन्तर्गत पुरुष र महिला भलिबल प्रतियोगिता संचालन भइरहेको छ ।
अन्तर वडा स्तरीय भलिबल प्रतियोगितामा पुरुष तर्फ सम्पूर्ण वडाको १/१ टिम गरी जम्मा ८ र महिला तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता माघ ८ गते सम्म संचालन हुनेछ ।
खेल उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले खेल, खेलाडीको विकास, युवा समन्वय र सामाजिक कार्यमा प्रेरणाका लागि खेल आयोजना गरिएको बताउनुभयो । उद्घाटनका अबसरमा रामग्राम नगरपालिका नवलपरासीका उप-प्रमुख सम्झना चौधरी, गाउँपालिकाका उपाध्यक्ष युवराज थापा, प्रवक्ता देवेन्द्र पुन, वडाध्यक्षज्हयूरू, कार्यपालिकाका सदस्य लगायत उल्लेख्य नागरिकको सहभागिता थियो ।
कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले गर्नुभएको हो ।