2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर महोत्सबमा नौलो आकर्षण ‘अन्डर वाटर फिस टनेल’

रामपुर महोत्सबमा नौलो आकर्षण ‘अन्डर वाटर फिस टनेल’


Sabalnews प्रकाशित मिति : सोमबार, माघ ७ २०८१
5.6K

पाल्पा ।

पाल्पाको रामपुरमा माघ १५ गतेदेखि शुरु हुने रामपुर महोत्सव तथा व्यापार मेलामा नौलो आकर्षण थपिने भएको छ । यसबर्ष केही स्थानमा चलेका महोत्सबमा यसको आकर्षण बढेको पाइएपछि रामपुर उद्योग वाणिज्य संघले महोत्सवमा ‘अन्डर वाटर फिस टनेल’ ल्याउन लागेको हो ।
विदेश गएर टनेलभित्रको माछा हेर्ने भन्ने हुन्थ्यो मेला महोत्सवमा धेरै खर्च नगरी पानी भित्रको माछा हेर्न पाउने भएपछि अन्डर वाटर फिस टनेलको व्यवस्था यो पटक महोत्सवमा भएको र यसको तयारी गरिरहेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।देशका विभिन्न स्थानमा चलेका महोत्सब मध्ये केही ठाउँमा मात्र अण्डर वाटर फिस प्रद्र्धशनमा राखिने र दर्शकहरुलाई नयाँ हुने भएकोले राम्रो व्यवस्था गरि कालीगण्डकी उपत्यकाका नागरिकलाई समेत नौलो चिज देखाउन टनेल भित्र पानीमा राखिएको माछा र त्यस्तै गरि भित्र गएर हेर्न सकिने गरि टनेल फिसको व्यवस्था गरिएको हो ।

रामपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने रामपुर महोत्सव चौथो संस्करण हो । सुरुङभित्र पसेर हेर्न सकिने र विदेशकै झल्को दिने गरि राखिने अण्डर वाटर फिस टनेलको व्यवस्थापनको लागि मेला स्थलमा काम थालिएको मेलाका स्टल संयोजक सुर्य प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय कृषि उत्पादन बजारीकरण, विभिन्न समुदायको कला संस्कृति जगेर्ना, पर्यटन प्रबद्र्धन, कुटिर उद्योग, उत्पादन तथा बाहिरी लगानीकर्तालाई भित्र्याउने लक्ष्य सहित रामपुर नगरपालिकाको प्रर्बद्धनमा हुन लागेको महोत्सब माघ १५ गते शुरु भई माघ २७ गतेसम्म चल्नेछ । महोत्सबको उद्घाटनदेखि नै विभिन्न झाकी तथा भेषभूषा सहित मौलिक जातियगत परिकार रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com