2

Logo २०८३ बैशाख १४ सोमबार
बगनासकालीको हिँउदे गाउँसभा सम्पन्न, ७ कर्मचारीलाई सम्मान

बगनासकालीको हिँउदे गाउँसभा सम्पन्न, ७ कर्मचारीलाई सम्मान


Sabalnews प्रकाशित मिति : सोमबार, पौस २९ २०८१
1.3K

पाल्पा ।

पाल्पाको बगनासकाली गाउँपालिले गाउँसभाको १७ औं अधिवेशन आइतबार सम्पन्न गरको छ । गाउँपालिका सभाहलमा सम्पन्न सभामा विभिन्न विषयगत समिति संयोजकले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा बगनासकाली गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादनको आधारमा गाउँपालिका भित्रका ७ जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको १७ औं हिउँदे गाउँसभा अधिवेशनको अवसर पारेर पालिकाले कर्मचारीलाई सम्मान पत्र, दोसल्ला, मायाको चिनो र नगदसहित सम्मान गरेको हो ।

आइतबार गाउँसभाको समापन्न लगत्तै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल लगायतले कर्मचारीलाई  सम्मान गर्नुभयो ।

सम्मानित कर्मचारीमा स्वास्थ्य शाख प्रमुख मणिराम अधिकारी, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराई, चापपानी स्वास्थ्य चौकी इन्चार्ज सिर्जना चापागाइँ, रोजगार सेवा केन्द्र प्रमुख सरिता पाण्डे, ५ नम्बर वडा प्राविधिक तथा सचिव अमर खाम्चा, २ नम्बर वडा कार्यालय सहायक सनु खड्का र ९ नम्बर वडाका कार्यालय सहयोगी यज्ञप्रसाद पाण्डे रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँसभामा प्रस्ताव गर्नुभएको वार्षिक बजेट कार्यक्रम रकमान्तर गर्ने प्रस्ताव र कार्यपालिका सदस्य उमकला अर्यालले प्रस्ताव गर्नुभएको वन वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक प्रस्ताव स्वीकृत गर्दै अधिवेशन सम्पन्न भएको छ ।

सभामा उठेका प्रश्नहरूको जवाफ दिदै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी र उपाध्यक्ष हरिप्रसाद पाठकले हालसम्म भएका कामहरू सन्तोषजनक तरिकाले सम्पन्न भएको र प्राप्त सुझावका आधारमा कार्यक्रम अगाडि बढाउँदै जाने बताउनुभयो । गाउँसभामा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले विभिन्न कार्यसूची प्रस्तुत गर्नुभएकोमा सभाले अनुमोदन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com