बगनासकालीका सामाजिक सुरक्षा लाभग्राहीका भत्ता खातामा
पाल्पा ।
चाडवाडको मुखमा सामाजिक सुरक्षा भत्ता बुझ्न पाएपछि बगनाकालीका सामाजिक सुरक्षा भत्ता बुझ्ने लाभग्राही खुशी भएका छन् ।
गाउँपालिकाले दोस्रो त्रैमासिक (कार्तिक, मंसिर र पुष) को ३१ सय ९१ जना भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको लागि ३ करोड १७ लाख बढी रकम पुषको तेस्रो सातामै लाभग्राहीको खातामा जम्मा गरिदिएको बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो ।
पाल्पाका १० वटा स्थानीय तह मध्य पाल्पा जिल्लामा बगनासकाली गाउँपालिकाले सवैभन्दा पहिला लाभग्राहीलाई भत्ता वितरण गर्दै आएको गाउँपालिकाका पन्जिकरण शाखाका भोजराज भट्टराईले बताउनुभयो ।
गाउँपालिकाले ग र घ वर्गका आंशिक अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत कार्यविधि बनाई मासिक निर्वाह भत्ताको व्यवस्था गर्दै आएको छ ।