पाल्पाली ८ पत्रकार पुरस्कृत, महासंघमा निर्वाचित र जनप्रतिनिधि सम्मानित
पाल्पा ।
प्रेस चौतारी नेपाल पाल्पाले ८ जना पत्रकारलाई पुरस्कृत, महासंघमा निर्वाचित पत्रकार र जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ ।
लुम्विनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारु, पुरस्कारदाता, प्रेस चौतारीका केन्द्रिय सचिव र जिल्ला अध्यक्षले दोसल्ला, नगद सहित सम्मानपत्रबाट पुरस्कार वितरण गर्नुुुभयो ।
प्रेस चौतारीमा विभिन्न व्यक्तिबाट स्थापित पुरस्कारबाट जिल्लामा क्रियाशिल ८ पत्रकार पुरस्कृत भएका छन् । तुल बहादुर अधिकारीले स्थापना गरेको प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कारबाट कृष्ण पोखरेल, ओम बहादुर घर्तिमगरले स्थापना गरेको भद्र बहादुर स्मृति पत्रकारिता पुरस्कारबाट नारायण न्यौपाने, राम बहादुर राउतले स्थापना गरेको तुलसा/तुल बहादुर स्मृति पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी, द्धारिका प्रसाद नेपालले स्थापना गरेको सिता देवी स्मृति पर्यटन पत्रकारिता पुरस्कारबाट विजय वौडेल, विष्णु बहादुर कार्कीले स्थापना गरेको गिता स्मृति पत्रकारिता पुरस्कारबाट दयाराज न्यौपाने, राजेश कुमार अर्यालले स्थापना गरेको रेडियो पत्रकारिता पुरस्कारबाट गुणवती के.सी. राजु प्रसाद श्रेष्ठले स्थापना गरेको शेष कुमारी/लोक कुमारी पत्रकारिता पुरस्कारबाट खेमराज पाण्डे र विनोद श्रेष्ठले स्थापना गरेको पुतली देवी/रुपनारायण स्मृति पत्रकारिता पुरस्कारबाट शोभाकान्त पाठक पुरस्कृत भएका हुन् ।
प्रेस चौतारी पाल्पाले पत्रकारितामा निरन्तर सक्रिय रहेका पत्रकारहरु लाई बार्षिकरुपमा पुरस्कृत गर्दै आएको छ । यसैगरी प्रेस चौतारीलाई संस्थागत रुपमा सहयोग गरेकोमा तानसेन नगरपालिकाका पुर्व नगर प्रमुख अशोक कुमार शाही, पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीलाई सम्मान गरेको छ । यसैगरी पत्रकार महासंघमा निर्वाचित कमलराज तिमिल्सेनाको नेतृत्वमा निर्वाचित सबै पदाधिकारी, कार्यसमिति सदस्य र पाल्पाबाट केन्द्रिय परिषद् र प्रदेेेश परिषद्, प्रदेश सदस्यहरुलाई प्रेस चौतारी पाल्पाले सम्मान गरेको छ ।
कार्यक्रममा लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बधाई तथा शुभकामना दिदै राम्रो कामले सम्मान हुने अवसर आउने बताउनुभयो । स्वास्थ्यमन्त्री सारुले विचार आ आफ्नो भएपनि समाचार निष्पक्ष, बस्तुनिष्ट, सन्तुलित हुनुपर्नेमा र गलतलाई, गलत हो भन्ने हिम्मत र शाहस पत्रकारमा हुनुपर्ने बताउनुभयो ।
प्रेस चौतारीका केन्द्रिय सचिव प्रदिप आचार्यले प्रेस चौतारी पाल्पा शाखा देशकै नमुना शाखा भएको र सबैलाई बाटो देखाउने काम गरेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश सासद राजु प्रसाद श्रेष्ठले अहिले मिस इनफरमेसन, डिस इनफरमेसन र फेक इनफरमेसनको कारण राजनितिक दल देखी पत्रकारहरु सम्मलाई चुनौतीको विषय बनेको बताउनुभयो । बरिष्ट पत्रकार मेघराज शर्माले सबैले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सबैपक्षले आत्म अनुशासनमा बसेर काम गरेमा देशले फड्को मार्ने बताउनुभयो ।
नेपाली काग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर, नेकपा माओवादी केन्द्र्रका जिल्ला संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पाटीका दिलिप घिमिरे, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, लुम्विनी संचार समन्वय परिषदका अध्यक्ष यम गाहा, तानसेन नगरपालिकाका पुर्व प्रमुख अशोक कुमार शाही, राजेश कुमार अर्याल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल लगायतले पुरस्कृत र सम्मानितहरु लाई बधाई दिदै पत्रकार र सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रम, पुरस्कार छनोट समिति संयोजक एवं निवर्तमान अध्यक्ष राजेन्द्र लिगलको स्वागत र सचिव नारायण न्यौपानेको संचालनमा भएको हो ।