2

Logo २०८३ बैशाख १४ सोमबार
२ करोड १ लाख ६५ हजार रकमान्तर गर्दै रामपुर नगरपालिकाको १६ औं नगरसभा सम्पन्न

२ करोड १ लाख ६५ हजार रकमान्तर गर्दै रामपुर नगरपालिकाको १६ औं नगरसभा सम्पन्न

स्थानीय युवा परिषद् ऎन संसोधन पारित

Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस २६ २०८१
848

पाल्पा ।

रामपुर नगरपालिकाको नगरसभाको १६ औं अधिबेसन बिहिबार ८६ वटा योजनामा रकमान्तर तथा शीर्षकान्तर गर्दै सकिएको छ ।

नगर सभाको हिउँदे सभाका उपाध्यक्ष तथा उपप्रमुख बालकुमारी थापाले आर्थिक बर्ष २०८१/०८२ को आयव्यय ७४ करोड ११ लाख ४ हजारमा थपघट नहुने गरि ४० योजनाको बजेट बिभिन्न ८६ वटा शीर्षकमा योजना कार्यक्रम रकमान्तर र शीर्षकान्तर प्रस्ताब गर्नुभएको थियो । उहाँले ४० वटा योजना कार्यक्रम बजेटबाट रकामान्तर गरिएको र कुल ८६ वटा योजना तथा कार्यक्रम शीर्षकान्तर भएको छ । २ करोड १ लाख ६५ हजारको रकमान्तर र शीर्षकान्तर भएको हो ।

 वडागत योजनामा १७ लाख ४५ हजार बजेट रकमान्तर र शीर्षकान्तर भएको छ । नगर स्तरीय पुजीगत योजनामा १ करोड ७ लाख ८० हजार रकम र प्रशासनिक शाखागत योजनाको ७६ लाख बजेटको योजना कार्यक्रम रकमान्तर र शीर्षकान्तर भएको छ ।

आर्थिक बर्ष २०८१/०८२ मा चालुतर्फ ५६ करोड ३२ लाख ४४ हजार र पूँजिगततर्फ १७ करोड ७८ लाख ६० हजार गरी ७४ करोड ११ लाख ४ हजार विनियोजन भएको थियो । कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड बजेट विनियोजन भएको थियो । नगरपालिकाले १० वटै वडालाई समान ४२ लाख बराबरको बजेट प्रदान गरेको थियो । वडागत योजनामा वडा नम्बर १ र २ मा कुनै पनि योजना रकमान्तर र शीर्षकान्तर भएको छैन ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले बिधेयक ऐन नियम बनाउने र निर्णय अनुमोदन अधिबेसन भएकोले बजेट अधिबेसन होइन भनेर बुझ्न आग्रह गर्नुभयो । नगरले खरको छानो, उज्यालो शहर, ढल रहितको शहर, हाइटेक निर्माण जस्ता उल्लेख्य कार्य गरेको बताउदै सामाजिक सन्जालमा आउने बिरोध बिरोधका लागि भएको बताउनुभयो ।
सभाले सभा सदस्य मिन बहादुर सिंजालीले प्रस्तुत गर्नुभएको नगर स्तरीय स्थानीय युवा परिषद् ऐन २०८१ पारित गरेको छ । अध्यक्ष उपाध्यक्षको शैक्षिक योग्यता र कार्यसञ्चालनमा कर्मचारी व्यबस्था सम्बन्धि संसोधन गर्दै स्थानीय युवा परिषद् पारित गरेको हो ।

नगरसभाका सदस्य वडा नम्बर ६ का वडा सदस्य हरि ढुंगानाले राजस्व बढाउन नदी किनारका घाट सञ्चालन किन नभएको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । कानुनी परामर्श र कानुन सम्बन्धी हुने हुँदा आउदो बर्ष बजेट बनाउने क्रममा अब सुधारको रुपमा हुनुपर्ने बताउनुभयो ।  कृषि योग्य भुमिमा कृषिमा बजेट र सिंचाईमा ध्यान दिन अनुरोध गर्दै पारदर्शि र सिस्टम सँगै आउने अधिबेसनलाई मार्गनिर्देश हुदै कानुन संवत चल्ने आधार बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
नगरसभाका सदस्य वडा नम्बर ८ ,का वडाध्यक्ष दिनेश आचार्यले पिपलचौर खानेपानी योजना बजेटमा समाबेश नभएको बताउनुभयो । आचार्यले १५ औं नगरसभामा पनि गुनासो गरेको तर नभएको  पुनःस्मरण गराउदै नगरका विभिन्न ठाउँमा बिजुलीका पोल तार यत्रतत्र भएको र ज्यानै जाने जोखिम भएकोले समाबेश गर्न आग्रह गर्नुभयो ।
सभाको शुन्य समयमा सभा सदस्य ३ नम्बर वडाअध्यक्ष दामोदर पाठकले बिद्युत्तको लापरबाही उत्तिकै रहेको रुखमा तार टागेर पोल बेगर बिद्युत्त आपुर्ति भइरहेको, आईईई भएका घाटमा राजश्व बढाउन सामाग्री उठाउन लाग्नुपर्ने, खरको छानो लक्षित सामाजिक सञ्जालमा आएका पोष्ट र नागरिक अखाद्य पदार्थ खान बाध्य भएका छन् भने दर्ता बिना निर्वाध मेडिकल चलिरहेको बिषय उठाउनुभयो ।

सभा सदस्य तथा वडा नम्बर १० का वडाध्यक्ष तोयानाथ सारुले ठुलो बजेट शिर्षकान्तर र रकमान्तर गर्नुपर्ने अबस्था किन आयो? समस्या के हो? १५ औं सभाले पास गरेको निति कार्यक्रम बिनियोजन योजना बाधा पुगेको छ सजग हुनुस भनेको थिए त्यो रकामान्तर आज यसैको उपज हो उहाँले भन्नुभयो । आबधिक योजना योजनागत रुपमा ल्याउन र कार्यान्वयनमा लैजान बाधा हुने योजनाहरु प्रस्ताबमा जाने बिषयप्रति प्रश्न गर्नुभयो । यत्रतत्र छरिएका रानितिक दललाई छलफल गर्नुपर्ने जुन क्यामिस्टी मिलेको भन्ने हावालाई यथार्थ बताउनुपर्छ, कार्यकक्षमा बोलाएर विकासका योजनाका कुरा गरौ, नगर सल्लाहाकारहरु कुनै समय सार्वजनिक सुनुवाईमा राय सुझाब दिएको पाइदैन भन्दै नगरलाई हेर्ने दृष्टिकोणको बारेमा छलफलको माग गर्नुभयो । सुशासन र राजश्व बढाउन बल प्रयोग गर्नुपर्ने नगर प्रहरी र जनपथ प्रहरी परिचालन गरेर काम गर्नुपर्ने बताउनुभयो ।

आएका प्रश्न र उठेका जिज्ञासाको जवाफ दिदै नगर प्रमुख थापाले आन्तरिक स्रोत कम भएको प्रति आएको प्रश्नमा झण्डै ७ बर्ष सर्वोञ्चको मुद्धा फैसला भएको उत्खनन गर्न पाउने भन्ने निर्णय भएकोमा त्यसको पुर्ण पाठ आएर आईई अनुसार टेण्डरलाई प्राथमिकता दिदै वा नगर प्रहरी राखेर उत्खननमा कडाई गर्ने बताउनुभयो ।

बिबिध कारणले रोकिएका, सम्झौता नगर्ने र अपुरो रकम र प्रशासनिक रकमान्तर भएको बताउनुभयो । आबश्यक परेको खण्डमा खर्च गर्ने गरि नपरे रकमान्तर गर्ने गरि राखिएको बजेट अर्थात् कर्मचारी नआएर खर्च नभएका रकम रकमान्तर भएको उहाँले बताउनुभयो । थापाले खरको छानो निरुत्साहित गरेको बताउनुभयो । अत्यावश्यक योजनालाई प्राथमिकता दिएको बताउदै उहाँले शुरु गरेका योजना भन्दा आधाकिल्चो भएका योजनामा समेत बजेट बिनियोजन गरि पुरा गर्न लागेको बताउनुभयो ।

सभामा राष्ट्रिय खेल खेल्ने रामपुरका खेलाडी -१३को खेलमा छनौट हुन सफल रामपुर ६ बस्ने खेलाडी बिप्लब गुरुङ र  बि.स. २०६७ सालदेखि २०८१ सम्म नगरपालिका काम गर्दै सेवा निबृत्त हुनुभएका कर्मचारी रामपुर १ का इन्द्र बहादुर अर्याललाई पनि नगद सहित प्रंशसा पत्र सहित नगरले सम्मान गरेको छ ।

सभाको संचालन गर्दै प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले नगरको पछिल्लो मुल्यांकनमा  थप सुधार आएको बताउदै कार्यपालिकको बैठक ८ वटा बसेको बताउनुभयो । धन्यवाद तथा समापन मन्तब्य राख्दै नगरप्रबत्ता कपिल बहादुर खाँणले आधा कार्यकाल सकिएकाले अब गम्भिर समिक्षा गर्दै आगामी कार्ययोजना गर्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com