2

Logo २०८३ बैशाख १३ आइतबार
महायज्ञमा सोमबार अहिलेसम्मकै धेरै दान, २ करोड ७२ लाख बढी नगद र जग्गा दान संकलन

महायज्ञमा सोमबार अहिलेसम्मकै धेरै दान, २ करोड ७२ लाख बढी नगद र जग्गा दान संकलन


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस २३ २०८१
3.9K

यज्ञमा रामपुर नगरपालिका ७  डुम्रीगाउँका पदमराज पोखरेल बाट १ लाख ८१ हजार ३ सय ५७ रुपैयाँ, रामपुर नगरपालिका ७  डुम्रीगाउँ बस्ने धन कुमारी भट्टराईबाट १ लाख ५१ हजार १ सय ११, रामपुर नगरपालिका ४, भिमसेनटोल निबासी खिम बहादुर केसी पुरुषोत्तमबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा,  रामपुर नगरपालिका ६ तालपोखरा निबासी सहायक प्रमुख त्रिविक्रम खनालबाट १ लाख ७ हजार ७ सय ७७ रुपैयाँ, रामपुर नगरपालिका ७ निवासी क्याम्पसका सहायक प्रध्यापक दयाराम भट्टराई र सरस्वती भट्टराईबाट १ लाख ३ हजार ३५ रुपैयाँ, रामपुर नगरपालिका ७ किसानबारी बस्ने भिमविश्व भट्टराईबाट १ लाख १ सय २५ रुपैयाँ, रामपुर नगरपालिका ७ किसानबारी बस्ने धुर्व्र प्रसाद पोखरेलबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै रामपुर नगरपालिका ७ मल्याङ बस्ने माधव प्रसाद भट्टराई बाट ८५ हजार ७ सय ७८, रामपुर नगरपालिका ७ किसानबारी निवासी क्याम्पसका पूर्व अध्यक्ष तिर्थ प्रसाद पंगेनी बाट ५५ हजार ५ सय ५५ रुपैयाँ ५५ पैसा, रामपुर नगरपालिका ७ मोहोटी बस्ने महेश ढकाल बाट ५५ हजार ५ सय ५५ रुपैयाँ, रामपुर नगरपालिका ७ किसानबारी बस्ने सूर्यप्रसाद अधिकारी बाट ५१ हजार १ सय ११ रुपैयाँ, रामपुर नगरपालिका–७ बहखोला निवासी खेमराज गौतम बाट ५५ हजार ५ सय ५५ रुपैयाँ, रामपुर नगरपालिका ७ सिरुपाटा निवासी शान्ति भट्टराईबाट ५५ हजार ५ सय ५५ रुपैयाँ, रामपुर नगरपालिका ५ बाङ्गेपसल निवासी क्याप्टेन देव बहादुर थापा मश्राङ्गीबाट ५२ हजार ९ सय ७६ रुपैयाँ, आनन्दनिकेटन विद्याश्रम रामपुर नगरपालिका ७ कृष्णबारीबाट ५२ हजार, रामपुर खाद्यउद्योग प्रा.लि. बाट ५१ हजार ५ सय १५, रामपुर नगरपालिका ७ कालिकाटोल निबासी बासुदेव पोखरेलबाट ५१ हजार १ सय ११, रामपुर नगरपालिका ८ औपचौर निवासी बाबुराम अर्यालबाट ५० हजार ५ सय ५५, पाल्पाली समाज पोखराबाट ५० हजार १ सय ११, रामपुर नगरपालिका ७ निवासी बाबुराम पंगेनीबाट ५० हजार ४ सय ४४ रुपैयाँ दान प्राप्त भएको छ ।

महायज्ञमा उट्घाटनको दिन रामपुर नगरपालिका बाट घोषणा भएको ५१ लाख ५१ हजार ५५१ सहित ५३ लाख ६८ हजार ४ सय ३ रुपैयाँ दान संकलन भएको थियो । प्रवचन सुरु भएको पहिलो दिन जग्गा सहित १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ, दोस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा  र तेस्रो दिन शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले घोषणा गर्नु भएको २० लाख रुपैयाँ सहित ३१ लाख ९८ हजार १३५ रुपैयाँ ५५ पैसा दान संकलन भएको थियो । चौथो दिन शनिबार ३२ लाख ४८ हजार रुपैयाँ दान संकलन भएको थियो । पाँचौ दिन ६३ लाख पाँच हजार ५ सय १९ संकलन भएको छ ।

गण्डकी वेशीको विभिन्न स्थानमा रहेका धान संकलन केन्द्रहरु  दान भएका धान आउने क्रम जारी रहेको छ । आइतबार हाल सम्म कै धेरै १ सय ६९ मुरी ५ पाथी धान संकलन भएको छ । हाल सम्म ९ सय ९८ मुरी ११ पाथी धान संकलन भएको धान दान संकलन समितिका ऋषिराम रेग्मीले जानकारी दिनुभयो । धान दान गर्नुहने दाताहरुलाई पनि सम्मान गरिदै आएको छ । धानदानको सम्मान लिन आउन समय नमिलेको खण्डमा संकलन केन्द्र टोलमा नै सम्मान पुर्‍याउने समितिले जनाएको छ ।

सोमबार नेकपा एकिकृत समाजवादीका सचिव एवं पूर्व मन्त्री सोम प्रसाद पाण्डेले दिनबार महायज्ञ स्थल बसेर अबलोकन गर्नुभएको छ । महायज्ञमा बोल्दै उहाँले मुलुकको विकासको लागि समय सापेक्ष शिक्षाको आवश्यकता रहेको बताउनुभयो । क्याम्पसको त्तरोन्नतिको लागि भएको महायज्ञले क्याम्पसको विकासमा टेवा दिने बताउँदै भौतिक र शैक्षिक विकासको लागि आफ्नो तर्फबाट पनि पहल गर्ने बताउनुभयो ।

महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भईरहेको छ । महायज्ञमा तुला दान, लाखबत्ती प्रज्वलन, ज्योतिष परामर्श लगाएतका विभिन्न कार्यक्रम भईरहेको छ । साथै दिउँसोमा संगितमय शैलीमा कथा प्रवचन र हरेक साँझमा भजन कृतन भैरहेको छ । हरेक दिन विभिन्न समुहले प्रसादी सहयोग गर्दै आएको छ ।

महायज्ञ मंगलबार सम्म हुने मूल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले बताउनुभयो । उहाँले महायज्ञमा सबैको साथ र सहयोग रहेको बताउँदै यज्ञ करिब लक्ष्यको नजिक पुगेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com