2

Logo २०८३ बैशाख १४ सोमबार
महायज्ञको पाचौं दिन एकैदिन ६३ लाख बढी दान संकलन

महायज्ञको पाचौं दिन एकैदिन ६३ लाख बढी दान संकलन


Sabalnews प्रकाशित मिति : सोमबार, पौस २२ २०८१
1.8K

पाल्पा ।

पाल्पाको रामपुरमा शैक्षिक उन्नयनका लागि भईरहेको धनधान्यान्चल श्रीमद्भागवत ज्ञान महायज्ञको पाचौं दिन एकैदिन ६३ लाख बढी दान संकलन भएको छ ।

शहीद बहुमुखी क्याम्पसको संकाय थप, सिपमुलक शिक्षा र छात्राबास निर्माणका लागि रामपुर ७ किसानबारीमा भईरहेको महायज्ञमा एकै दिन ६३ लाख ०५ हजार दान संकलन भएको हो।  गत पुस १६ देखि सुरु भएको महायज्ञमा शनिबार अत्याधिक भिडभाड भएकोमा आइतबार पनि उल्लेख्य भत्तजनको सहभागिता थियो । आइतबार ६३ लाख पाँच हजार ५ सय १९ रुपैयाँ दान संकलन भएको छ । आइतबारको दान संकलन संगै कथा प्रवचन सुरु भएको पाँचौ दिन सम्ममा दुई करोड दुई लाख छ हजार तीन सय २९ रुपैयाँ ७७ पैसा दान संकलन भएको महायज्ञ मूल आयोजक समितिको सचिवालयले जनाएको छ ।

महायज्ञमा आइतबार रामपुर नगरपालिका–७ छाहारापानी निबासी मान बहादुर राना र रामकुमारी रानाले ३१ लाख रुपैयाँ दान प्रदान गर्नु भएको छ । महायज्ञमा अहिलेसम्मकै ठूलो दान राना परिवारले गरेको हो । युवा नेता एवं समाजसेवी सन्दिप राना र भक्त बहादुर रानाको बुवाआमाले छात्राबास निर्माणका लागि २१ लाख र विद्यार्थी कल्याणकारी कोषको लागि १० लाख गरी ३१ लाख रुपैयाँ दान गर्नु भएको हो ।

आइतबार रामपुर नगरपालिका ७, कठान निबासी भगवती भट्टराई उपाध्यायले १० लाख २१ हजार १११ रुपैयाँ बराबरको जग्गादान गर्नुभएको छ । रामपुर नगरपालिका ८ निवासी क्याम्पसका सहायक प्रध्यापक सुर्य प्रसाद घिमिरे र सरस्वती घिमिरेको परिवारले एक लाख ७ हजार ५ सय ६९ रुपैयाँ रकम दान गर्नु भएको छ । यज्ञमा रामपुर नगरपालिका वडा नं. ७ निवासी गिरि प्रसाद उपाध्यायले ५१ हजार १११, रामपुर नगरपालिका वडा नं. ७ निवासी खुमकान्त कंडेलले ५१ हजार १०१, रामपुर नगरपालिका वडा नं. ७ गैटार निवासी नायव सुवेदार धन बहादुर बरालीले ५१ हजार ५५५, रामपुर नगरपालिका वडा नं. ७ निवासी बसन्तराज पंगेनीले ५० हजार ५५५ र क्याम्पसका पूर्व विद्यार्थी एवं नेपाल सरकारका सहसचिव कृष्ण कुमारी श्रेष्ठ र जगत बानियाँले ५० हजार १११ रुपैयाँ दान गर्नु भएको छ ।

उहाँहरु संगै आइतबार ३ सय ३ जना विभिन्न संघ, संस्था, समुह र व्यक्तिहरुले दान गर्नु भएको मूल आयोजक समितिका उपाध्यक्ष एवं आर्थिक संकलन समितिका संयोजक सुकदेव पोखरेलले जानकारी दिनुभयो ।

महायज्ञमा रामपुर नगरपालिकाबाट  ५१ लाख ५१ हजार ५५१ सहित ५३ लाख ६८ हजार ४ सय ३ रुपैयाँ दान संकलन भएको थियो । प्रवचन सुरु भएको पहिलो दिन जग्गा सहित १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ, दोस्रो दिन विहिबार ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा र तेस्रो दिन शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले घोषणा गर्नु भएको २० लाख रुपैयाँ सहित ३१ लाख ९८ हजार १३५ रुपैयाँ ५५ पैसा दान संकलन भएको थियो । चौथो दिन शनिबार ३२ लाख ४८ हजार रुपैयाँ दान संकलन भएको थियो ।

साथै यज्ञमा धान दानमा पनि भक्तजनहरुको उत्साह देखिएको छ । गण्डकी वेशी क्षेत्रको विभिन्न स्थानमा रहेका धान संकलन केन्द्रहरु बाट धान दान आउने क्रम जारी रहेको छ । आइतबार हाल सम्म कै धेरै २ सय ११ मुरी ११ पाथी धान संकलन भएको छ । हाल सम्म ८ सय १९ मुरी ०७ पाथी धान संकलन भएको धान दान संकलन समितिका ऋषिराम रेग्मीले जानकारी दिनुभयो । धान दान गर्नुहने दाताहरुलाई पनि सम्मान गरिदै आएको छ । महायज्ञमा रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराई सभानायकमा रहनु भएको छ ।

कार्यक्रममा आइतबार राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे प्रमुख अतिथी रहनु भएको थियो । महायज्ञमा बोल्दै उहाँले शिक्षाक्षेत्रमा पाल्पाको आफ्‌नै इतिहास रहेको बताउनुभयो । विगतमा शैक्षिक हबको रुपमा रहेको तानसेन र छिमेकी जिल्लाको शिक्षाको विकासमा महत्वपूर्ण टेवा दिएको स्मरण गर्दै चार जिल्लाको संगमको रुपमा रहेको रामपुरलाई नयाँ शैक्षिक गन्तव्यको रुपमा अघि बढाउन सकिने बताउनुभयो । रामपुर आफैमा सम्भावना नै सम्भावना रहेको स्थान भएको बताउँदै यहाँको चौतर्फी विकासको लागि प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।

अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले यज्ञ धन संकलन मात्र नभै सम्मुन्नत समाज निर्माणका लागि महत्वपूर्ण रहेको बताउनुभयो । धार्मिक महोत्सवले संस्कार र संस्कृतिको संरक्षणमा पनि टेवा दिने बताउनुभयो । महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भई रहेको छ । महायज्ञमा तुला दान, लाखबत्ती प्रज्वलन, ज्योतिष परामर्श लगाएतका विभिन्न कार्यक्रम भईरहेको छ । साथै दिउँसोमा संगितमय शैलीमा कथा प्रवचन र हरेक साँझमा भजन कृतन भैरहेको छ ।

महायज्ञ यही पौष २३ गते सम्म सञ्चालन हुनेछ । यस अघि अन्य स्थानमा धनधान्याञ्चल ज्ञान महायज्ञ हुँदै आएपनि संस्कार र संस्कृति प्रवद्र्धनका लागि यस पटक धार्मिक महोत्सवलाई समेत समावेश गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले बताउनुभयो । यज्ञमा साझ ७ बजेबाट दैनिक कथा, भजन किर्तन र साझ ९.३० बजेसम्म झाकी प्रदर्शन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com