2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुरमा सञ्चालित महायज्ञमा अहिलेसम्मकै ठूलो दान, राना परिवारबाट ३१ लाख रकम दान

रामपुरमा सञ्चालित महायज्ञमा अहिलेसम्मकै ठूलो दान, राना परिवारबाट ३१ लाख रकम दान


Sabalnews प्रकाशित मिति : आइतबार, पौस २१ २०८१
23.9K

पाल्पा ।

शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा जारी महायज्ञमा रामपुर ७ निवासी राना परिवारले ३१ लाख रुपैयाँ दान गर्नुभएको छ ।

महायज्ञमा रामपुर नगरपालिका ७ छहारापानी निबासी मान बहादुर राना र रामकुमारी रानाले ३१ लाख रुपैयाँ दान प्रदान गर्नु भएको हो ।

शहीद क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा र टाढाबाट आउने विद्यार्थीका लागि छात्राबासको स्थापना गर्ने उद्देश्यले  गत पुस १६ देखि जारी धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा आइतबार अहिलेसम्मकै ठूलो  रकम दान राना परिवारले गरेको हो ।

युवा नेता एवं समाजसेवी रहनुभएका सन्दिप राना र भक्त बहादुर रानाको बुवाआमाले क्याम्पसमा छात्रबास निर्माणका लागि २१ लाख र विद्यार्थी कल्याणकारी कोषको लागि १० लाख गरी ३१ लाख रुपैयाँ प्रदान गर्नुभएको आर्थिक संकलन समितिका संयोजक शुकदेव पोखरेलले बताउनुभयो ।

क्याम्पसको थप विकास र शैक्षिक उन्नयनका लागि युवा नेता रहनुभएका सन्दीप राना र उहाँका परिवारले गरेको सहयोग प्रति धन्यवाद दिदै क्याम्पस अध्यक्ष तथा मुल आयोजक समिति अध्यक्ष नेत्र प्रसाद भट्टराईले क्याम्पसले लिएको उद्देश्यमा आम यहाँका नागरिकले महायज्ञलाई भव्य बनाउदै आएको बताउनुभयो ।

आइतबार पनि उल्लेख्य भत्तजनको सहभागीता रहेको महायज्ञमा दानदाताहरुलाई मुल पण्डित वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल र सभानायक मोहन प्रसाद भट्टराई सहितले सम्मान गर्नुभएको थियो । महायज्ञको दिन घर्किदै जादा भक्तजनको उपस्थिति उत्तिकै बाक्लिदै गएको छ । महायज्ञ पुष २३ गते समापन हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com