2

Logo २०८३ बैशाख १४ सोमबार
नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस

नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस १९ २०८१
862

पाल्पा ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखा स्थापनाको ३३ औं बर्ष पुगेको अबसरमा स्थापना दिवस मनाएको छ । महासंघले शुक्रबार तानसेनको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा अन्तरक्रिया तथा वनभोज कार्यक्रम गरी दिवस मनाएको हो ।

नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले स्थापना दिवसको उद्घाटन गर्दै पत्रकार महासंघको गरिमालाई कायम राख्न नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । हरेक सामाजिक र राजनीतिक परिर्वतनमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको गौरवपूर्ण इतिहास रहेको भन्दै त्यसलाई कायम राख्नु अहिलेको नेतृत्वको जिम्मेवारीमा आएको उहाँले उल्लेख गर्नुभयो । बि.स. २०४९ मा राजनीतिक परिर्वतनपछि पत्रकारिताको विकासक्रमले गति लिँदै गर्दा पत्रकारहरू संगठित भएर महासंघ स्थापना गरिएको बताउनुभयो। गौरवमय शाखा भएकै कारण पाल्पा शाखा देशभरबाटै उत्कृष्ट शाखाको रुपमा दुई/दुई पटक  पुरस्कृत हुन समेत सफल भएको बताउनुभयो ।

महासंघका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले पछिल्लो समय पत्रकारिता क्षेत्रमा थुप्रै चुनौतीहरु रहेकाले त्यसलाई सामाना गर्न पत्रकारहरुले विश्वासनिय पत्रकारिता गर्नुपर्ने बताउनुभयो । गत मंसिर २८ मा सम्पन्न महासंघको निर्वाचन समिति संयोजक समेत रहनुभएका भट्टराईले निर्वाचन सफल बनाउन वातावरण सिर्जना गर्ने संघ संगठन र निर्वाचित सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले महासंघको विगतको इतिहासलाई नविर्सन नयाँ नेतृत्वलाई आग्रह गर्दै पत्रकारिता र लेखनमा निखार ल्याउन ढिलो गर्न नहुने बताउनुभयो । महासंघका निवर्तमान अध्यक्ष रेखीराम रानाले पत्रकारिता क्षेत्रलाई स्वच्छ र निपष्क्ष बनाएर अगाडि बढ्न  आवश्यक रहेको औल्याउनुभयो। प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरे, आदीवासी जनजाती पत्रकार महासंघका नेता देव पचाभैंयाले पत्रकारहरुको हकहितमा सशक्त भएर लाग्न महासंघलाई आग्रह गर्नुभएको थियो।

सोही अवसरमा महासंघले मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सफल रुपमा सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्‍याउने निर्वाचन समितिलाई सम्मान गरको छ । निर्वाचन समिति संयोजक गोविन्द भट्टराई, निर्वाचन समिति सदस्य द्वय भरत आचार्य र अधिवक्ता जोगबहादुर वि.क.लाई प्रशंसा पत्रले सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षतामा श्रीनगरडाडा बनभोज सहित भएको अन्तरक्रियात्मक कार्यक्रममा उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेले  स्वागत र सचिव रामचन्द्र रायमाझीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com