2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दी गाउँपालिकाको एकीकृत घुम्ती सेवा शुरु, गाउँमै सेवा पाउँदा नागरिक खुशी

निस्दी गाउँपालिकाको एकीकृत घुम्ती सेवा शुरु, गाउँमै सेवा पाउँदा नागरिक खुशी


Sabalnews प्रकाशित मिति : शनिबार, पौस ६ २०८१
3.4K

पाल्पा ।

निस्दी गाउँपालिकाकाे एकीकृत घुम्ति शिविर शुरु भएको छ । पालिका कार्यालयबाट दिने सेवा गाउँ स्तरमा नै दिने गरि एकीकृत शिबिरको आयोजना गरेको हो ।

आ.ब. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले स्वास्थ्य सेवा, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, माटाे परिक्षण, याेजना सम्झाैता, व्यवसाय दर्ता, पशु औषधि वितरण, राेजगार सुरक्षा सामग्रि वितरण र अभिमुखिकरण,लघु उघम सामाग्री प्रदर्शन, ज्येष्ठ नागरिक सम्मान, असहाय महिला र वालिका सहायता वितरण, डकुमेन्ट्रि प्रदर्शन लगायत विविध सेवा दिएको हो ।

गाउँमै सेवा पाएपछि स्थानीय नागरिक खुशी भएका छन् । सेवा लिन आफ्नै पालिका पुग्न पनि निकै समस्या छ निस्दी १ बाकामलाङकी सिमा रानाले भन्नुुुभयो-गाउँमै आएको सेवाबाट यहाँका नागरिकलाई सहज भएको छ ।

अन्य दिन कार्यालयमा नागरिककै काम गर्नुपर्ने भएकाले शाखा प्रमुख तथा सबै कर्मचारीको सहयोगमा बिदाको दिनपनि नागरिकको सेवामा सबै खटिएको र पायक नपर्ने र भौगोलिक हिसाबले दु:ख र टाढाका नागरिकलाई सेवा दिईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com