सहकारीको मालिक शेयर सदस्य- सांसद श्रेष्ठ
पाल्पा ।
रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले स्थापनाको १७ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभाको उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य एंव अर्थ, उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठले सहकारीको मालिक शेयर सदस्य रहेकोले बजारका सहकारीमा झै गाउँघरका सहकारीमा समस्या नआउने बताउनुभयो । सहकारी संस्थामा चासो, चिन्ता र छलफल हुनु जरुरी छ श्रेष्ठले भन्नुभयो–समय र शेयर सदस्यको माग बमोजिम सञ्चालक समितिले काम गर्नुपर्छ । प्रविधियुक्त समयमा घरमा बसेर नै भुक्तानी गर्न देखि लिएर हेर्न बुझ्न सकिने अबस्था छ उहाँँले भन्नुभयो,निगरानी गर्न र समितिलाई सुझाब दिइराख्नुपर्दछ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सानो पुँजिबाट शुरु गरेको सहकारी नमुना भएको बताउनुभयो । उहाँले नगरपालिकाले युवा स्वरोजगार अन्तर्गत युवालाई बैंक सहकारी मार्फत २ बर्षसम्म व्याज अनुदान दिएको र सिफारिस गरेर पठाएमा कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई, एमाले जिल्ला कमिटी सदस्य विष्णुप्रसाद रेग्मी, एकीकृत समाजवादी नगर अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष रामप्रसाद गैरे, जिल्ला सहकारी संघका सदस्य ईश्वरीदेवी खनाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य संघका सचिव विनोद श्रेष्ठ, संस्थाका सल्लाहकार नगिलाल पौडेलले सहकारीको मर्म र भावना चल्नु आजको आकबश्यकता रहेको बताउनुभएको थियो ।

शहिद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्ले, ग्लोबल आइएमई बैंक रामपुर शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराई, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा, सेयर सदस्य बिन्दु पोखरेल र रामचन्द्र अर्यालले सहकारीको सफलताको कामना गरेका थिए ।
उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव किर्तिनाथ श्रेष्ठले गरेका हुन् । कार्यक्रममा असल बालवचत कर्ता अनुसा सोती र अनुपम आचार्य, नियमित वचतकर्ता सुकमाँया थापा र शंकर प्रसाद श्रेष्ठ, दैनिक वचतकर्ता लाल बहादुर के.सी.(दिपक) र बसन्ती श्रेष्ठ, रविना श्रेष्ठ र बिर बहादुर सार्की, असलत्रृmणी नरमायाँ बि.क. र निरज श्रेष्ठलाई पुरस्कृत तथा सम्मान गरिएको छ । कार्यक्रममा भाग्यशाली कुपनबाट प्रेसर कुकर, थर्मस शेयर सदस्यलाई उपहार प्रदान गरिएको छ ।

संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षता, उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत तथा सदस्य हजिलदिन मियाँले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव किर्तिनाथ श्रेष्ठले गर्नुभएको हो ।
सभाको बन्द सत्रले लेखा समिति संयोजक हुमनाथ अर्यालले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन, सचिव किर्तिनाथ श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष बन्दना पोखरेलले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । सोही अबसरमा रामपुर अंग्रेजी आवासिय माविबाट सागर श्रेष्ठको नेतृत्वको विद्यार्थी टोलीले रमाइलो साँस्कृतिक कार्यक्रम देखाएका थिए ।
