2

Logo २०८३ बैशाख १४ सोमबार
सामुदायिक वनलाई उत्पादन र उद्यममा जोड्न आवश्यक

सामुदायिक वनलाई उत्पादन र उद्यममा जोड्न आवश्यक


Sabalnews प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०८१
1.7K

पाल्पा ।

सामुदायिक वनको स्रोत साधनको प्रयोग र उद्यम तथा व्यबसायमा प्रोत्साहन गरि समृद्धि तर्फ उन्मुख गराउन बहुसरोकारवाला संग छ्लफल कार्यक्रम पाल्पाको रामपुरमा भएको छ ।

सामुदायिक वन महासंघ नेपाल पाल्पा जिल्ला समितिको आयोजनामा रामपुर नगरपालिकामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले कुनै न कुनै हिसाबले सामुदायिक वन संग सबै जोडिएको र वनबाट दिगो आम्दानी बढाउने कार्यमा स्थानीय तह र उपभोक्ता समिति लाग्नुपर्नेमा जोड दिएका थिए । स्थानीय स्तरमा बहुसरोकारवाला मन्च निर्माण गर्ने गरि भएको छ्लफलले विभिन्न क्षेत्रका व्यक्ति समेटिने गरि समिति निर्माण गर्ने जनाएको छ ।

पाल्पा जिल्लामा नै पहिलो कार्यक्रम महासंघले रामपुर नगरपालिकामा गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विभिन्न संघसस्थाको सहयोगमा स्थानीय तह संग सहकार्य गरि सरोकारवालाको सहभागितामा स्थानीय स्तरमा भएका संभावना र चुनौतीलाई आत्मसाथ गर्दै खाका तयार गरि सोही अनुसार कार्यान्वयनमा लैजाने र उपभोक्ता तथा पालिकाका नागरिकलाई समृद्ध बनाउन तर्फ लाग्ने गरि छलफल गरेको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले सामुदायिक वनको सही प्रयोग नभएको बताउनुभयो । राज्यले वन सम्बन्धि बिबिध निति ल्याएपनि कानुन आफैमा बाझिदा समस्या आएको बताउनुभयो । स्थानीयले वन जोगाएको पनि छ फडानी गरेको पनि छ, आम उपभोक्तालाई सहज वातावरण बन्नुपर्छ उहाँले जोड दिनुभयो ।  वनका बादर मृग कि खान पाउन पर्यो, कि बेच्न कि मार्न पाउन पर्यो उहाँले भन्नुभयो- वनमा खाने चिज लगाउन छोडेपछी गाउँ पसेको छ जसले नागरिकलाई हैरान मात्र पारेको छैन त्रासदी निम्त्याएको छ । यस्ता कानुन संसोधन हुनुपर्छ उहाँको जोड थियो ।

सामुदायिक वन महसंघ लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले राज्यले सामुदायिक वन प्रति ज्यादती गरेको बताउनुभयो । उपभोक्ता हितमा निरन्तर महासंघ लागेको बताउदै उहाँले राज्यले सामुदायिक वनलाई तेहोरो कर लगाएर उपभोक्तालाई हैरानी दिएको बताउनुभयो । उहाँले आउदो फागुन मसान्तसम्म प्यान नम्बर लिन सबै वनलाई आग्रह गर्नुभयो । नगरका उपप्रमुख बालकुमारी थापाले रामपुरले केही समय अघि नै स्थानीय वन ऎन निर्माण गरेको उल्लेख गर्नुभयो ।

रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले वनका बिबिध गतिविधिमा स्थानीय तहले सहयोग गर्ने बताउनुभयो । सव डिभिजन वन कार्यालय रामपुरका प्रमुख मेघनाथ काफ्लेले बन र कृषि क्षेत्रको उत्पादनका लागि कार्यालयले सक्दो सहकार्य सहयोग गर्ने बताउनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर १ अध्यक्ष तथा नगर प्रबत्ता कपिल बहादुर खाणले सामुदायिक वनले सामाजिक उत्तरदयित्वमा लगाउने १० प्रतिशत बिपन्न सहयोग लगानी विद्यालय र अन्य सामजिक कार्यमा लगाउन अनुरोध गर्नुभयो । वडा नम्बर ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले बन पैदावरको प्रयोग गर्न सहज हुनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले बिषयबस्तुमाथि प्रकाश पार्दै सामुदायिक वन र उद्यम तथा आर्थिक विकासमा टेवा पुर्‍याउने गरि संभावना र अबसरको खोजी र कार्यक्रम संचालन गर्ने गरि छलफल गरिएको बताउनुभयो ।

सामुदायिक वन महासंघ रामपुरका अध्यक्ष बिन्दु श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासंघ पाल्पाका सचिव लक्ष्मी ज्ञवालीले गर्नुभएको हो ।
कार्यक्रमकै अबसरमा रामपुर ८ का दिपकमणी अर्यालले “सामुदायिक वनको महत्त्व र संरक्षण” सम्बन्धि रचना बाचन गर्नुभएको थियो । साथै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसरमा भएको कार्यक्रममा सहभागीले हिंसा गर्न, सहन नहुनेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com