2

Logo २०८३ बैशाख १३ आइतबार
बगनासकाली गाउँपालिकाद्वारा प्रथम चौमासिक समीक्षा सम्पन्न

बगनासकाली गाउँपालिकाद्वारा प्रथम चौमासिक समीक्षा सम्पन्न


Sabalnews प्रकाशित मिति : शुक्रबार, मंसिर २१ २०८१
2.2K

पाल्पा ।

जिल्लाको बगनासकाली गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१।०८२ को प्रथम चौमासिक समीक्षा शुक्रबार सम्पन्न भएको छ । हालसम्म गाउँपालिकाको चालु तथा पूँजीगत गरी २१.१५ प्रतिशत प्रगति भएको छ ।

समीक्षा कार्यक्रममा गाउँपालिकाको १७ वटा शाखा प्रमुखहरूबाट प्रथम चौमासिक प्रगति प्रस्तुत गरिएको थियो । गाउँपालिकाले चालु आर्थिक वर्षमा ९५ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा २० लाखमात्र राजस्व संकलन गर्न सफल भएको जनाएको छ ।

समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले विगतका तुलनामा चौमासिक प्रगती सन्तोषजनक नदेखिएको भन्दै वडास्तरबाट नेतृत्व चयन भएका उपभोक्ता समिति र प्राविधिकसँग समन्वय गरी तीव्र रूपमा कार्यक्रम अगाडि बढाउन अनुरोध गर्नुभयो । अध्यक्ष चिदीले कार्यसम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउँदै सुशासन कायम गर्न र कामको रफ्तार बढाएर समयमै काम सक्न कर्मचारीलाई सुझाव दिनुभयो ।

समीक्षा कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पहिलो चौमासिकमा विकास निर्माण भन्दा सेवा, परामर्श र छलफल अन्तरक्रियाका कार्यक्रम बढी भएकोले अगामी दिनमा विकास निर्माणका कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो । समीक्षा कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले समीक्षा कार्यक्रममा उठेका कार्यलयका सुझाव, प्रगतीलाई सिकाइको माध्यमको रूपमा लिन आग्रह गर्दै सुधार गर्नुपर्ने क्षेत्रमा निरन्तर समन्वय सहकार्यका साथ गाउँपालिकाले लिएको वार्षिक लक्ष्य अनुसारको कामलाई अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा प्रशासन, आर्थिक प्रशासन, जिन्सी, योजना, स्वास्थ्य, शिक्षा, कृषि विकास, पशु सेवा, नापी तथा घर नक्सा, वातावरण तथा विपद् व्यवस्थापन, रोजगार, समृद्धिका लागि वन परियोजना, बालमैत्री, सामाजिक सुरक्षा तथा पञ्जिकरण, महिला बालबालिका, खानेपानी, सहकारी, राजस्व र आलेप शाखाले आ–आफ्नो चौमासिक प्रगतिको प्रस्तुति राख्नुभएको थियो ।

समिक्षा कार्यक्रम गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षता, गाउँपालिकाका प्रशासन शाखा प्रमुख सुजन घिमिरे र बालमैत्री फोकल पर्सन नारायण तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य र सञ्चारकर्मीहरूको समेत उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com