इस्मा गाउँपालिकाले गर्यो महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
गुल्मी ।
महिला स्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा गुल्मीको इस्मा गाउॅपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई समान गरेको छ । स्वास्थ्य शाखाको आयोजनामा सेवा निवृत्त ३ जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही नगद १५ हजार(करसहित) सहित सम्मान पत्र, ६ जना उत्कृष्ट सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र र सम्पूर्ण स्वयंसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

२१औं अन्तर्राष्ट्रिय स्वास्थ्य स्वयंसेविका दिवस भव्य कार्यक्रमको आयोजना गरि मनाएको स्वास्थ्य शाखाले जनाएको छ ।
“स्वास्थ्यमा जागरूकता अभियान, खोप कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य सेवा र समुदायमा स्वास्थ्य सम्बन्धी जानकारी प्रवाहमा” उल्लेख्य काम गर्दै आएका सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरूको ग्रामीण क्षेत्रमा महत्त्वपूर्ण योगदान छ। उनीहरुको भुमिकाको प्रशंसा गर्दै दिवसमा उत्साह जगाउन र सेवाको समान गर्न कार्यक्रम आयोजना गरिएको इस्मा गाउँपालिकाका उपाध्यक्ष पार्वती कुवरले जानकारी दिनुभयो ।

उहाँहरुको प्रशंसनीय भुमिकाको उच्च सम्मान गर्दछौ। आगामी दिनहरुमा समेत यसको निरन्तरता र प्रभावकारितालाई व्यवस्थित तवरबाट संचालन गर्दै समुदायमा महत्त्वपूर्ण भुमिका र स्वास्थ्य शरीर र जीवन जिउन महत्त्वपूर्ण सहयोग पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकाको सेवा र सहयोगमा निरन्तर साथ दिने गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।
