2

Logo २०८३ बैशाख १३ आइतबार
शिवराजमा नवनिर्वाचित नगर युवा परिषद् पदाधिकारीलाई सपथ ग्रहण

शिवराजमा नवनिर्वाचित नगर युवा परिषद् पदाधिकारीलाई सपथ ग्रहण


Sabalnews प्रकाशित मिति : आइतबार, मंसिर १६ २०८१
1.7K

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा नगर युवा परिषद्का नवनिर्वाचित पदाधिकारीहरुले गोपनीयताको शपथ ग्रहण गरेका छन् । पालिकाका मेयर तथा परिषद्का अध्यक्ष अजय थापाले आइतबार एक कार्यक्रमका बीच पदाधिकारीहरुलाई गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

मेयर थापाले उपाध्यक्षसहित परिषद्का सदस्यहरूलाई सपथ गराउँदै परिषदलाई युवाहरूको नेतृत्वदायी संस्था बनाउन आग्रह गर्नुभयो। सपथग्रहण कार्यक्रमले युवाहरूलाई नेतृत्व विकास, समुदाय निर्माण र राष्ट्रिय विकासमा योगदान पुर्‍याउन प्रेरित गर्नेमा मेयर थापाको जोड थियो ।

यसैबीच राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले पछिल्लो समय युवाहरूको विदेश पलायन तीव्र भइरहेको विषयलाई उठाउँदै स्वदेशमै स्वरोजगारको वातावरण सिर्जना गर्न नीति तथा कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो।  “देशको समृद्धिका लागि युवाहरूलाई स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नु अपरिहार्य छ उहाँले भन्नुभयो-युवाले आफ्नो क्षमता र सिर्जनशीलतालाई उपयोग गर्दै देश निर्माणमा योगदान पुर्‍याउनुपर्छ ।”

यसैगरी किडार्क नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले समाज रूपान्तरणको अभियानमा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले युवाहरूलाई गल्ती गर्ने छुट नरहेको बताउँदै पनि युवाहरूको महत्त्वपूर्ण भूमिकाबारे विचार व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश युवा परिषद्की सदस्य राधा बस्नेतले लुम्बिनी प्रदेशमा ४३ प्रतिशत जनसंख्या युवा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । युवाका समस्या समाधानका लागि विशेष नीति र कार्यक्रम आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । प्रदेश सरकार र स्थानीय तहलाई युवा–मैत्री नीति बनाउन उहाँको आग्रह थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com