2

Logo २०८३ बैशाख १४ सोमबार
रामपुरले गर्‍यो प्रथम चौमासिक समिक्षा र सार्वजनिक सुनुवाई 

रामपुरले गर्‍यो प्रथम चौमासिक समिक्षा र सार्वजनिक सुनुवाई 


Sabalnews प्रकाशित मिति : शनिबार, मंसिर १५ २०८१
855

पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकाले प्रगति समिक्षा संगै सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक प्रगति समिक्षा सहितको सार्वजनिक सुनुवाई गरेको हो ।
रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा.लिको  सहजीकरणमा भएको कार्यक्रममा सहभागीले घर नक्सा पास, घर अभिलेखिकरण, गिट्टी बालुवाको टेण्डर र उत्खनन्, फोहोर मैला व्यवस्थापन, नगर भित्रका मेडिकलको अनुगमन, छात्रवृति, धानबाली सहित स्थानीय उत्पादनमा देखिएको समस्या, सार्वजनिक यातायातको भाडादर, निकासी कर, नागरिकता सहित सार्वजनिक सेवा लगाएतका विषयमा जिज्ञासा राखेका थिए ।
आएका जिज्ञासामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले विकासका पूर्वाधार निर्माणको काम अघि बढिरहेको र निर्माणकार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । निर्माण सम्पन्न भएका पूर्वाधारको मर्मत सम्भारमा नगरपालिका संगै स्थानियको महत्वपूर्ण भुमिका हुने उहाँले बताउनुभयो । सबैको सहभागीता र सल्लाह सुझाव बाट मात्रै विकासले गतिलिने बताउनुभयो । नगरको विकासका जनताको सुझाव अपरिहार्य रहेको भन्दै थापाले सुझाव र सल्लाहहरु दिन आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा चालु तर्फ ५५ करोड ६२ लाख ६९ हजार विनियोजन भएकोमा हाल सम्म ११ करोड ६६ लाख १७ हजार ३४ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ४८ लाख ३५ हजार विनियोजन भएकोमा ५७ लाख ३४ हजार ६३० खर्च भएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा हाल सम्म नगरपालिकामा भएका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी १८ जना भन्दा बढीले सुझाव सहितका जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासामा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख गणेश बहादुर कार्की,  रामपुर नगरपालिकाका शाख प्रमुखहरु प्राबिधिक रञ्जन न्यौपाने, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवर, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले जवाफ दिएका थिए ।
 रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा नगरपालिका प्राङ्गणमा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको स्वागत र पत्रकार विष्णु घिमिरेको सहजीकरणमा भएको थियो । नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका सल्लाहाकार, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com