यस्तै निस्दी गाउँपालिका स्तरीय साधारण सभा निस्दी-५ ढुङ्गाना बेशीमा सम्पन्न भएको छ । संस्थाका सहसचिव यम प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभा निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी श्रेष्ठले गाउँपालिकाले सहकारीको माध्यम आर्थिक स्तर वृद्धिमा महत्पपूर्ण योगदान दिएको बताउनुभयो । कार्यक्रममा निस्दी-५ का वडा अध्यक्ष दुर्गा बहादुर सोमै, बुढिकोट सामुदायिक वनको अध्यक्ष हेम बहादुर थापाले आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रमको उद्देश्य माथि संस्थाका सदस्य मनोरथ भट्टराईले प्रकाश पार्नु भएको थियो। लक्ष्मी देवी ढकालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन नारायण ढकालले गर्नु भएको थियो ।

यस्तै रामटार सेवा केन्द्र स्तरीय वार्षिक साधारण सभा संस्थाका उपाध्यक्ष उपाध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षता र रामपुर १०का वडा अध्यक्ष तोयानाथ सारु थापाको प्रमुख आतिथ्यतामा भएको थियो । साधारण सभाको उट्घाटन गर्दै प्रमुख अतिथी सारुले साना देखि ठूलो व्यवसायिको उत्थानमा सहकारीले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा रम्भा गाउँपालिका-१ का वडा अध्यक्ष ईश्वर काफ्ले, सामाजिक व्यक्तित्व ज्ञानराज भण्डारी, लिल बहादुर गाहा, जनकल्याण माविका शिक्षक दामोदर तिमिल्सिना, सहकारीका लेखा सुपरीवेक्षण समितिका रामप्रसाद ढकाल, कानूनी उपसमिति संयोजक हरेराम भण्डारी, सदस्य राम प्रसाद ढकाल, शेयर सदस्य घनश्याम भट्टराई, पूर्ण बहादुर आले, केन्द्र नं. १५० का प्रमुख निर्मला भट्टराई, बाह्रविसे महिला केन्द्रका प्रमुख निमकला भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले वार्षिक प्रतिवेदनको बारेमा जानकारी गराउनु भएको थियो। संस्थाका सदस्य सुलेखा भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन संस्थाका कोषाध्यक्ष देवेन्द्र प्रसाद पोखरेलले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कर्मचारी ईन्दिरा भट्टराईले गर्नु भएको पत्रकार धुर्व भण्डारीले जानकारी दिनुभयो ।
जब्गादी सेवाकेन्द्र स्तरीय साधारण सभा भानुभक्त माध्यमिक विद्यालय सम्पन्न गरेको हो । अन्धकारमुक्ति साकोसका सचिव ओमप्रकाश बस्यालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर ९ का वडा अध्यक्ष डिल बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको थियो । उट्घाटन गर्दै रामपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष एवं संस्थाका शिक्षा उपसमितिका संयोजक डिल बहादुर रानाले वित्तिय सेवा प्रवाह संगै सहकारीले सामाजिक क्षेत्रमा दिएको योगदानको प्रशंसा गर्नुभयो । ग्रामीण क्षेत्रका महिला दिदीबहिनीहरु संगै उद्यमीहरुको उत्थानको लागि संस्थाले महत्वपूर्ण भुमिका खेलेको बताउँदै रामपुर नगरपालिका सहकारीहरु संगै सहकार्य गरी जनताको आर्थिक समृद्धिका लागि लाग्ने बताउनुभयो ।
संस्थाका जब्गादी बजार व्यवस्थापन समितिका अध्यक्ष बसन्ती कुमारी श्रेष्ठ, समाजसेवी ज्ञान बहादुर गाहा, मोहनलाल खनाल, नेपाल रेडक्रस सोसाईटी जब्गादीका सभापति केशवराज पंगेनी, शेयर सदस्य विष्णु पंगेनी, केन्द्र नं. २ सय १३ केन्द्र प्रमुख सिमा श्रेष्ठले संस्थाले लगानी गरेका क्षेत्रको अनुगमन आवश्यक रहेको भन्दै वित्तिय संस्थाहरु बाट ऋण लिदा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा संस्थाका सहव्यवस्थापक प्रविन न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सरोज आचार्यको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन हुमनाथ बगालेले गर्नु भएको हो ।
साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, लघुवित्त केन्द्र, केन्द्र प्रमुख, बालबचत कर्ता, असल ऋणी, सफल व्यवसायी, नियमित बचतकर्तालाई पुरस्कृत गरिएको थियो । रामपुर केन्द्रीय कार्यालय तथा सहयोगी सेवा केन्द्र शेयर सदस्यहरुको लागि मंसिर १८ गते किसानबारीमा सभा हुनेछ भने मंसिर २१ गते सञ्चालक समितिको ३ गुणा बढी संख्या नहुने गरि शेयर सदस्यको उपस्थितिमा निर्णय प्रमाणित सहित साधारण सभा सम्पन्न हुनेछ ।
