2

Logo २०८३ बैशाख १३ आइतबार
श्री निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन भोलिबाट शुरु हुदै

श्री निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन भोलिबाट शुरु हुदै


Sabalnews प्रकाशित मिति : मंगलबार, मंसिर ४ २०८१
1.3K

देवघाट ।

श्री निम्बार्क वैष्णवहरुको राष्ट्रिय महासम्मेलन भोलिबाट पबित्र धार्मिकस्थल देवघाटमा शुरु हुदैछ। महासम्मेलनको पुर्व सन्ध्यामा आज एक पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराईएको हो ।

विश्वभरका निम्बार्क वैष्णव सम्प्रदायहरुलाई एकिकृत गर्ने उदेश्यका साथ जगद्गुरुअनन्त श्री विभूषित वालसन्त मोहनशरण देवाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको महासम्मेलनमा भुटान, सिक्किम, अयोध्या, छात्तिसगढ़ लागायतका स्थानबाट सन्त महाराजहरु उपस्थित रहनुका साथै उद्घाटन समारोहमा हरिद्वारका मठाधिस मुरारीशरण महाराजको बिशेस उपस्थिति रहने निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन आयोजक समिति अध्यक्ष आचार्य हरिशरण उपाध्यायले बताउनुभयो ।

पत्रकारको जिज्ञासालाई सम्बोधन गर्दै नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभूषित वालसन्त मोहन शरण देवाचार्यज्युले निम्बार्कचार्यको महिमा सुनाउदै यो सम्मेलन झगडावाद्को अन्त्यका लागि हो भन्नु भयो। यसैगरी उहाले यो कुनै पैसा कमाउने उदेश्यले गरिएको यज्ञ नभई बिशुद्ध सत्संग मात्र भएको उल्लेख गर्नुका साथै केहि सहयोग जुटे देवघाटमा लगाउने जानकारी गराउनुभयो ।

सनातन धर्म रक्षाकालागी अहो रात्र खटेको जनाउदै आफुले धर्मरक्षार्थ मेची महाकाली पदयात्रा गरेको स्मरण गराउनुभयो । आफु कुनै सम्प्रदायको मात्र जगतगुरु नभएको भन्दै ३ करोड नेपालीकै जगतगुरु भएको हुने यो सम्मलेन कुनै सम्प्रदाय बिशेसको मात्र नभएकोले  सबै सनातन धर्ममा  बिश्वास गर्ने भक्तजनलाई महासम्मेलनमा सहभागी हुन आग्रह गर्नुभयो।

कार्यक्रमका अर्का बक्ता धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाजले निम्बार्क सम्प्रदायले कुनै पनि सम्प्रदायलाई घृणाको दृस्टीले नहेर्ने बताउदै निम्बार्क गूरुको द्वैत अद्वैतावाद संसारकै उत्कृष्ट दर्शन भएको बताउनु भयो । उहाँले आफु धार्मिक अभियन्ता र चितवन बासी समेत रहेको नाताले चितवनमा आयोजना भएको यस महासम्मेलन उपस्थित सबैलाई हार्दिक स्वागत समेत गर्नु भयो |

मुलकभर तथा मुलुक बाहिरबाट उल्लेख्य संख्यामा उपस्थिति रहने भनिएको यस महासम्मेलन २०८१ मंसिर ५ गते उद्घाटन भएर २०८१ मंसिर ८ समापन हुनेछ भने सम्मेलनमा उपस्थित हुने सबै भक्तजनलाई गास र बासको ब्यबस्था गरिएको आयोजक समितिले जनाएको छ।  यस महासम्मेलनमा झन्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com