2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको रामपुरमा चौथो रामपुर महोत्सव तथा कृषि एवं व्यापार मेला हुने

पाल्पाको रामपुरमा चौथो रामपुर महोत्सव तथा कृषि एवं व्यापार मेला हुने


Sabalnews प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१
1.3K

पाल्पा ।

पाल्पाको ठूलो उपत्यका रामपुरमा यही आउदो माघ १५ देखि २७ गतेसम्म चौथो रामपुर महोत्सव तथा कृषि प्रदर्शनी एवं व्यापार मेला २०८१ हुने भएको छ ।

रामपुर उद्योग वाणिज्य संघको आयोजनामा यस क्षेत्रको आर्थिक तथा स्थानीय उत्पादन प्रबर्द्धन र  पर्यटन विकासका लागि महोत्सव गर्न लागिएको संघले जनाएको छ । बिहिबार संघले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको मिति सार्वजनिक गर्दै कोभिड महामारीपछि थला परेको व्यापार व्यबसायमा सुधार हुन थालेको र व्यबसायीलाई थप चलायमान बनाउन महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मिति सार्वजनिक गर्दै यस पटकको महोत्सव रामपुर क्षेत्रमा ठूला लगानी कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहने बताउनुभयो । यस क्षेत्रको उद्योग तथा व्यवसायलाई थप चलायमान गराउन र कालीगण्डकी उपत्यकाको समग्र विकास, संघको निर्माणाधिन भवन पूर्णता, पर्यटन प्रवर्द्धन, कृषि, घरेलु तथा कुटिर उद्योग र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेला राखिएको हो-ढकालले भन्नुभयो ।

देश संघीयतामा गएपछि २०७२ सालमा नगर स्तरीय संघ गठन पश्चात् महोत्सवलाई तिब्रता दिएकोमा पहिलो र दोस्रो महोत्सव रामपुर क्षेत्र चिनाउन सफल भएको थियो । अध्यक्ष ढकालले २३ हजार संघको खातामा रहेको रकमबाट महोत्सव गर्न कस्सिएको बिगत स्मरण गर्दै सबैको साथ जस्तो सुकै अबस्थामा महोत्सव हुने र त्यो यहीका उद्योगी व्यबसायीको हितको लागि हुने बताउनुभयो । कोरोना महामारीले ग्रस्त बनाएको उद्योग व्यवसायलाई थप चलायमान गराउने लक्ष्य लिएर भएको तेस्रो रामपुर महोत्सव सफल भयो अब विश्व बजारमा समेत आर्थिक गति चलायमान मात्र होइन गति लिन थालेको बताउदै अब रामपुरको विकास केन्द्रित महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । ठूला लगानी भित्रयाउन सकेमात्र यहाँको जीवन स्तर उठ्ने हो त्यसैले आर्थिक सबलीकरणका लागि लगानी मैत्री महोत्सव हुने उहाँको भनाई थियो ।

संघले रामपुर नगरपालिका सहित यस क्षेत्रका सरोकारवाला संग समन्वय सहकार्य गरि कालीगण्डकी बेशी क्षेत्रको ऐतिहासिक, पुरात्वात्विक, धार्मिक तथा पर्यटकीय स्थलहरुको व्यापक प्रचार-प्रसार गर्ने, कृषि त्पादनलाई बढावा दिने, यहाँका कला र सांस्कृतिकलाई जगेर्ना गर्ने लक्ष्य सहित मेला आयोजना गरिएको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष ढकालले विगतमा भएका महोत्सवको अनुभव संगै सबैको सल्लाह सुझाब लिएर अझ राम्रो र अपनत्व महशुस हुने गरि महोत्सव गर्ने बताउनुभयो । १३ दिन सम्म सञ्चालन हुने मेलालाई थप व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न साढे दुई महिना अगावै मिति घोषणा गरेर तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।

यस अघि भएका तीन वटा महोत्सवले रामपुर र कालीगण्डकी उपत्यकालाई चिनाउन महत्वपूर्ण योगदान दिएको संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले बताउनुभयो । उहाँले यहाँको व्यवसायलाई थप चलायमान गराउन मेला महत्त्वपूर्ण हुने बिश्वास व्यक्त गर्नुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम संघका महासचिव खिम बहादुर क्षेत्री पुरुषोत्तमको सञ्चालनमा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com