स्वास्थ्य सेवा विभागबाट पुर्वखोलालाई आईप्याड मेसिन
पाल्पा ।
पूर्वखोला गाउँपालिकामा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट पोर्टेवल युएसजी मेसिन (आईप्याड) आइपुगेको छ ।
गर्भवती महिलाको परीक्षणमा महत्त्वपूर्ण सहयोग पुग्ने मेसिन आएपछि सेवामा थप सहज हुने भएको पुर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।
बिभागबाट प्राप्त मेसिन ग्रहण गर्दै ढकालले यस कार्यका लागि सहजीकरण गर्ने पूर्वखोला निवासी रामप्रसाद न्यौपानेलाई धन्यवाद दिनुभयो।
पाल्पाको ग्रामीण भेगमा रहेको स्वास्थ्य सेवाबाट धेरै ग्रामीण भेगका महिलाले फाइदा लिन सक्ने गरि मेसिन दिईएको विभागका आपूर्ति व्यबस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बताउनुभयो ।