2

Logo २०८३ बैशाख १३ आइतबार
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१
1.2K

काठमाडौं ।

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय निकट स्रोतका अनुसार उनलाई मंगलबार बिहान पक्राउ गरिएको पुष्टि भएको हो । सर्वोच्च अदालतले गत कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेपछि उनी पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com