2

Logo २०८३ बैशाख १४ सोमबार
पाल्पा जेसिसद्दारा पाल्पा २ का स्थानीय तह प्रमुख संग “युवाको प्रश्न नेतृत्वसंग” बहस

पाल्पा जेसिसद्दारा पाल्पा २ का स्थानीय तह प्रमुख संग “युवाको प्रश्न नेतृत्वसंग” बहस


Sabalnews प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०८१
1.5K

पाल्पा ।

पाल्पा जेसीजको आयोजनामा कार्तिक २३ गते शुक्रबारका दिन “युवाको प्रश्न नेतृत्वसंग” खुल्ला बहस कार्यक्रम हुने भएको छ ।

पछिल्लो समय युवाहरु राज्य प्रति उदासिन भैइरहदा समग्र युवा संग जोडिने बिषय, विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य र युवा नेपालमा रहन सक्ने अबस्था र युवा नेतृत्व लगायतका बिषयमा जिल्लाका पाँच स्थानीय तह संग बहस हुन लागेको हो ।

स्थानीय तहले गरेका र ल्याएका युवा लक्षित कार्यक्रम र त्यसको प्रभावकारीताका साथै भावी योजनाका विषयमा केन्द्रीत हुने बहसमा पाल्पा निर्वाचन क्षेत्र नं. २ का स्थानीय तहका प्रमुखहरुको सहभागिता रहने जेसीज पाल्पाका अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो ।

“शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ” भन्ने मूल नाराका साथ क्रियाशील जेसीजले स्थानीय तह र युवा बिच विकास गतिविधिका बारेमा प्रत्यक्ष साक्षात्कार गराउने, युवा र जनप्रतिनिधि बिच दुरी कम गराउनुका साथै जनप्रतिधिहरुलाई युवा लक्षित कार्यक्रम तर्जुमा र कार्यान्वयनमा दवाब सिर्जना गराई युवामैत्री कार्यक्रम संचालनको वातावरण निर्माण गर्ने गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्कीले बताउनुभयो ।

तानसेनको पाल्पा दरवार परिसरमा हुने बहस कार्यक्रममा जिल्लाको तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाका प्रमुख तथा अध्यक्षसंग सहभागीहरुले सवाल जवाफ गर्नछन् ।

अघिल्ला दुई आर्थिक वर्ष (०७९।०८० र ०८०।०८१) मा भएका युवा लक्षित कार्यक्रमको अवस्था त्यसले पारेको प्रभाव (स्वरोजगार, उद्यमी) र विदेश बाट फर्किएका युवाहरुको व्यवस्थापन र विदेशिन बाध्य युवाहरुलाई स्वदेश मै बस्ने वातावरण निर्माणमा पालिकाहरुले थालेको प्रयास र भावी योजना सार्वजनिक गर्ने साथै सहभागीले जिज्ञासा राख्ने र प्रमुखहरुको प्रतिबद्धता लिइने छ ।

स्थानीय तहलाई जिम्मेवार बनाउन युवा दवाब बढाउन बहस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाको भनाई छ । पाल्पा जेसिसले पृथक यस कार्यक्रमको गत हप्तादेखी तयारी गरि चुस्त बनाउन लागेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com