2

Logo २०८३ बैशाख १३ आइतबार
वुमेन्स साफ च्याम्पियनसिप बन्यो बङ्गलादेश

वुमेन्स साफ च्याम्पियनसिप बन्यो बङ्गलादेश


Sabalnews प्रकाशित मिति : बिहिबार, कार्तिक १५ २०८१
1.7K

काठमाडौं ।

डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै  वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ । काठमाडौं स्थित दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि चुमेको हो ।

बंगलादेशले सन् २०२२ मा दशरथ रंगशालामा भएको खेलमा उपाधि जितेको थियो । त्यति बेला पनि बंगलादेशले नेपाललाई नै हराएको थियो । नेपाल साफ च्याम्पियनसिपको फाइनलमै पराजित भएको यो छैटौं पल्ट हो ।

हारसँगै नेपालको फेरि पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रहेको छ ।

बङ्गलादेशकी रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले बङलादेशले जित सुनिश्चित गर्न सफल भयो । रितुले नेपाली पोस्टको ठीक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो ।

पहिलो हाफ गोलरहित बराबरी भएको फाइलनलमा खेलको दोस्रो हाफमा पहिलो गोल बंगलादेशले गरेको थियो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माले गोल गरिन् ।नेपालले ५६ औं मिनेटमा गोल गरि बराबरीमा फर्कायो । प्रिति राईको थ्रु पासमा अमिशाले गोल फर्काउन सफल भइन् ।

अन्ततः रितुले गरेको गोलले नै बङ्गलादेशले वुमेन्स साफ च्याम्पियनसिपको उपाधि आफ्नो पोल्टामा पार्यो । खेलको अन्तिमतिर बङ्गलादेशले थपेको गोलले यसपटक पनि बङ्गलादेशलाई च्याम्पियन बनायो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com