2

Logo २०८३ बैशाख १४ सोमबार
घरबाट चोरी गर्ने ३ जना प्रहरी नियन्त्रणमा

घरबाट चोरी गर्ने ३ जना प्रहरी नियन्त्रणमा


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०८१
939

पाल्पा ।

प्रहरीले रामपुर नगरपालिका-४ को एक घरबाट चोरी भएको सामान सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । वडा नं. ४ काँसजरी स्थित राम बहादुर थापाको घर र पार्किङ्मा राखेको भ्यानबाट चोरी गरेको सामान सहित ३ जनालाई पक्राउ गरेको हो ।

चन्द्रनिगाहपुर नगरपालिका वडा नं. १० रौतहट बस्ने बर्ष २४ का आयुष आले मगर, छब्बिस पाथिभरा गाउँपालिका वडा नं. ५ बझाङ बस्ने बर्ष १९ का सन्तोष खत्री र  खोटाङ घर भई  कालिकानगर नगरपालिका वडा नं. १ चितवन बस्ने बर्ष ३१ का अवि तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

कार्तिक ११ गते रातको समयमा रामपुर नगरपालिका वडा नं. ४ काँसजरी स्थित राम बहादुर थापाको घर अगाडि पार्किङ गरी राखेको लु १ ज ४२७२ नम्बरको भ्यानको ढोकाको लक तोडर भ्यानमा रहेको एलईडी मोनिटर थान-१, सोनी कम्पनीको डेग र कालो रङको पेन ड्राईभ थान-१ र उहाँको कोठाको खाटमा रहेको रेड्मी कम्पनीको मोबाईल थान-१, एसिई लेखेको कालो रङको किबोर्ड थान-१,सोही कोठामा झुण्ड्याई राखेको झोलामा भएको १५.५ लालको सुनको चन्द्रमा थान-१, २३.६ लालको सुनको पोते सहितको जन्तर -१ साथै २५ लालको सुनको औंठी थान १ र अन्दाजी २२ लालको सुनको तिलहरी थान-१ गरी एक लाख ७४ हजार ९ सय ६४ रुपैयाँ बराबरको चोरी भएको प्रहरीले जनाएको छ। चोरी भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपाली सहितको खटिएको टोलीले अनुसन्धान गर्ने क्रममा जिल्ला पाल्पा रामपुर नगरपालिका वडा नं. ४ खोप्टारबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा चोरी भएका सामानहरु उनीहरुको साथमा फेला परेको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पा लगिएको र जिल्ला अदालत पाल्पाबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com