2

Logo २०८३ बैशाख १४ सोमबार
आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइदै

आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइदै


Sabalnews प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०८१
785

काठमाडौँ ।

आज कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस । प्रत्येक वर्ष तिहार सुरु भएको पहिलो दिन यो पर्व मनाउने गरिन्छ । यो दिनमा सुनचाँदीका गरगहना र भाँडाकुँडा किन्नु राम्रो मानिन्छ । नेपाल राष्ट्र बैंकले सोही अवसरमा आज एक दिनका लागि मात्र सुनको सिक्का समेत बिक्री गर्दैछ ।

धनतेरसको दिन किनेको हरेक सम्पत्तिको मूल्य १३ गुणा ले बढ्छ भन्ने मान्यता छ । विशेष गरी पौराणिक कालमा सुनलाई सबैभन्दा मूल्यवान् धातु मानिथ्यो । त्यसैले यो दिन सुन किन्दा राम्रो हुने मान्यता स्थापित भएको पाइन्छ ।

यसलाई धनतेरस नै किन भनियो त ? यसका पछाडि दुईवटा मान्यता रहेको पाइन्छ । भगवान् विष्णुले वामन अवतार लिएर बली राजाले देवताहरुसँग युद्ध गरेर जितेको जमिन फिर्ता गराएको वामन पुराणमा उल्लेख भएको पाइन्छ ।

बली राजाले आफूलाई त्रिलोककै शक्तिशाली र दानवीर राजा मान्थे । बली राजाको घमण्ड चुर गर्न विष्णुले वामन अवतार लिए र बली राजासँग तीन पाइला जमिन मागे । शुक्राचार्यले त्यो अवतार विष्णुको हो भन्ने समेत पहिचान गरे । त्यसैले उनले वामनले मागेको कुरा अस्वीकार गर्न बली राजालाई भनेका थिए ।

तर बली राजाले ले शुक्राचार्यको कुरा मानेनन् र वामनले जे मागे पनि दिने सङ्कल्प गरे । यसलाई रोक्न शुक्राचार्य बलीको कमण्डलुमा सूक्ष्म रूप धारण गरेर बसेका थिए । वामनले कर्मपात्रोमा कुशलाई यसरी राखे कि शुक्राचार्यको आँखा नै फुट्यो । त्यसपछि छट्पटाएर उनी कर्मपात्रोबाट बाहिर आएका थिए ।

त्यसपछि वामनले बली राजासँग तीन पाइला जमिन मागे । तीन पाइलामा उनले तीनै लोक ओगटिदिए, सबै जमिन र सम्पत्ति आफ्नो बनाए र देवताको लुटिएको धन फिर्ता गरिदिए । यो क्रममा देवताहरूले यसअघि लुटिएकोभन्दा १३ गुणा बढी धन फिर्ता पाएको भन्ने मान्यता छ । सोही कारण आजको दिनमा कुनै सामान किन्नेले राम्रो प्रतिफल पाउँछ भन्ने जनविश्वास रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com