2

Logo २०८३ बैशाख १३ आइतबार
ज्योतिपुन्ज कपको उपाधि पेनाल्टीमा युनाइटेड युथ क्लब गिरबारीलाई

ज्योतिपुन्ज कपको उपाधि पेनाल्टीमा युनाइटेड युथ क्लब गिरबारीलाई


Sabalnews प्रकाशित मिति : शनिबार, कार्तिक १० २०८१
2.3K

पाल्पा ।

पाल्पाको रामपुरमा जारी “ज्योतिपुन्ज कप” राष्ट्रिय फुटवल प्रतियोगिताको उपाधि युनाइटेड युथ क्लब नवलपरासीले जितेको छ ।

बिजेता बने संगै युनाइटेड क्लबले उपाधिसहित नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र हात पारेको छ । जिल्लाकै सबैभन्दा ठुलो धनराशी पुरस्कारको दोस्रो ज्योतिपुन्ज कप प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा युनाइटेडले गन्नी फुटवल क्लब पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

गन्नी फुटवल क्लब पोखरा उपबिजेतामा चित्त बुझाएको छ । उपविजेता बनेको गन्नी फुटवल क्लब पोखराले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो ।
खेल समयअबधि भरमा कुनै टिमबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

शुक्रबारको दोस्रो सेमिफाइनलमा गन्नी फुटवल क्लबले २८ बिगाहा युवा क्लब नवलपुरलाई २-१ ले हराउँदै फाइनलमा पुग्न सफल भएको हो भने आयोजकलाई पराजित गरेको युनाइटेड युथ क्लब, नवलपरासी फाइनलमा प्रबेश गरेको थियो ।

रामपुर नगरपालिका ७ किसानबारीमा रहेको ज्योतिपुञ्ज युवा क्लबको २८औं बार्षिकोत्सवको अबसरमा भएको खेल यस बर्ष निकै उत्साहपुर्ण बनेको खेल संयोजक अनिल शाही ठकुरीले बताउनुभयो ।

ज्योतिपुञ्ज युथ क्लब रामपुर ७ किसानबारीको आयोजनामा भएको प्रतियोगितामा १० क्लबले भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com