2

Logo २०८३ बैशाख १४ सोमबार
दशैपछि आजदेखी सरकारी कार्यालय खुला, दशैको टीका पुर्णिमासम्म चल्ने

दशैपछि आजदेखी सरकारी कार्यालय खुला, दशैको टीका पुर्णिमासम्म चल्ने


Sabalnews प्रकाशित मिति : मंगलबार, असोज २९ २०८१
911

काठमाडौं ।

नेपालीहरुको ठूलो पर्व बिजयादशमीमा बिदा भएका सरकारी कार्यालय आजदेखि खुला भएको छ ।

बडादशैंको सार्वजनिक बिदा सोमबार सकिएपछि आजदेखि सरकारी कार्यालय खुलेका हुन् । तथापि दशैको टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा चलिरहन्छ ।

आज आश्विन शुक्लपक्ष त्रयोदशीमा पनि टाढा-टाढाका  मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम निरन्तर छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि शुरू भएको टीका र जमरा लगाउने क्रम पुर्णिमा सम्म रहन्छ । मान्यजन टाढा टाढा हुने आफन्तहरु विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर-घरमा पुग्ने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद संगै भेटघाट गर्ने अवसर पनि हो ।

यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीहरुको यसबर्षको महान् चाड बडादशैं समापन हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com