भाग्य बलियो भएका सलिमले पाए ७ केजी वासिङ मेसिन
पाल्पा ।
“मनसुन अफर” चलाएको पाल्पाको पहिलो सपिङ सेन्टर फ्यामिली सपिङ सेन्टरको प्रथम पुरस्कार रामपुर ४ का महोमद सलिमले जित्न सफल हुनुभएको छ ।
जिल्लाको ठूलो व्यापारिक बजार रामपुरमा संचालित सपिङ सेन्टरले आम उपभोक्ता र बजारको मागलाई मध्यनजर गर्दै असार २१ गतेदेखी असोज २० सम्म मनसुन अफर संचालन गरेको थियो ।
सोमबार खुलाइएको लक्की ड्र अन्तर्गत ७ किलोको वासिङ मेसिन कलामले प्राप्त गर्नुभएको हो । उहाँले १४७० रुपैयाको सामान खरिद गर्नुभएको थियो । त्यस्तै दोस्रो लक्की ड्र अन्तर्गत फ्रीज सिन्धुलीको पुजा श्रेष्ठलाई परेको छ । त्यस्तै गरि तेस्रो पुरस्कार ३२ इन्चको कलर टेलिभिजन रामपुर ४ का इश्वरी खाणलाई पर्न सफल भएको छ ।
प्रथम पुरस्कारको चिट्टा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले द्दितिय पुरस्कार इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले थुत्नुभएको हो भने तृतीय पुरस्कार रामपुर नगरपालिका कार्यपालिका सदस्य सिमादेवी रानाले थुत्नुभएको हो ।
प्रहरी, उद्योगी व्यबसायी सन्चारकर्मी, बजारबासी, बैंकर सहभागी कार्यक्रममा सेन्टरले खुल्ला रुपमा कार्यक्रम गरि चुस्तरुपमा लक्की ड्र खुला गरेको हो । कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख बालकुमारी थापाले यस्तो क्रियाकलापले व्यापार व्यबसायमा लहर ल्याउने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख राम बहादुर नेपालीले चाडपर्ब र शान्ति सुरक्षामा सबैले चनाखो हुनुपर्ने बताउनुभयो ।
फ्यामिली सपिङ सेन्टरका सन्चालक समसुल हक मियाले उपभोक्तामा नयाँ र सक्रिय बनाईराख्न नयाँ अफर ल्याएको बताउनुभयो । यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।