2

Logo २०८३ बैशाख १४ सोमबार
इलाका प्रहरी कार्यालय रामपुरद्दारा नागरिक सुनुवाई

इलाका प्रहरी कार्यालय रामपुरद्दारा नागरिक सुनुवाई


Sabalnews प्रकाशित मिति : सोमबार, असोज २१ २०८१
3.2K

पाल्पा ।

इलाका प्रहरी कार्यालय रामपुरकोे आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चाडपर्वलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले आर्थिक वर्षमा भए गरेका गतिविधि र हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा रायसुझाबका लागि सरोकारवाला संग सुनुवाई कार्यक्रम गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख तथा प्रहरी निरिक्षक राम बहादुर नेपालीले गत बर्ष र यस आर्थिक वर्षमा इलाका प्रहरी कार्यालयबाट दिइएको सेवा र रामपुर क्षेत्रको सामाजिक तथा अपराधिक अबस्थाका बारेमा तथ्याङ्कगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सेवा क्षेत्रको सुरक्षाको अवस्था, विगतका घटनाक्रम, कार्यालयले गरेको अभ्यास र भावी रणनीतिको बारेमा जानकारी गराउनुभयो । उहाँले रामपुर क्षेत्रमा जनघनत्व बढी हुने र सुरक्षा दिने जनशक्ति कम हुँदा समस्या भएपनि प्रहरी बर्दी र शिबिलमा हुँदा समेत नियमित शान्ति सुरक्षा दिन खटिइरहने बताउनुभयो । चाडपर्वको समयमा बढी चहलपहल हुँदा चोरी, लुटपाट र हिंसाका घटना घट्न सक्ने भएकोले सजक रहन अनुरोध गर्दै प्रहरी निरिक्षक नेपालीले यसमा सबै चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले सरोकारवालाहरुको सुझावलाई कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समाजमा शान्ति सुरक्षा कायम राख्न सबैले सघाउनुपर्ने बताउनुभयो । बर्दी लगाउने प्रहरी सँग डराउने र कार्यान्वयन गर्न पनि प्रहरीलाई सहज हुने तर त्यही काम जनप्रतिनिधि नेताले भन्दा नमान्ने प्रबृत्ति रहेकोले यो र त्यो नभनी कानुनी प्रक्रियामा गएर काम गर्न प्रहरी हिचकिचाउन नहुने बताउनुभयो । रामपुर ठुलो ठाउँ छ न गाउँ छ न शहर त्यसैले अर्धविकसित शहरमा काम गर्न सहज हुदैन तर काम निरन्तर गर्न छोड्न नहुने बताउनुभयो । पछिल्लो समय बच्चा र युवामा बढी सामाजिक सञ्जालको प्रयोगले सकारात्मक भन्दा नकारात्मक टिप्पणी बाहिर आउने गरेको भन्दै थापाले प्रविधिकोमा ध्यान अपनाउनुपर्ने बताउनुभयो । रामपुर नगरपालिकाले सुरक्षालाई मध्यनजर गर्दै केही स्थानमा सिसीटिभी क्यामेरा र लाइट जडान गरेको र अन्य थप स्थानमा पनि जडान गर्न बजेट छुट्याइएको बताउनुभयो ।

अन्तरक्रियामा रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँण, वडा नं.३ का वडाध्यक्ष दामोदर पाठक, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई, समाजसेवी मोहन भट्टराई, देव बहादुर दर्जी, बुद्धिप्रकाश रेग्मी, इश्वरी खनाल लगाएतले रामपुर क्षेत्रमा गिटी बालुवा, काठको बढ्दो चोरी निकासी, सवारी चेकजाच भाडा बृद्धि, पार्किङ व्यवस्थापन, आत्महत्या, घरेलु हिंसा लगायतका समस्या रहेकोले नियमित गस्ती र सचेतना कक्षा सञ्चालनको लागि आफ्ना सुझाव राख्नु भएको थियो ।

रामपुर नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, पत्रकार, यातायात व्यवसायी, अगुवा तथा बुद्धिजिवीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । इलाका प्रहरी कार्यालय रामपुुरका प्रहरी निरिक्षक राम बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको स्वागत र बरिष्ठ प्रहरी नायव निरीक्षक कुल बहादुर घर्ति मगरको सञ्चालनमा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com