2

Logo २०८३ बैशाख १४ सोमबार
आर्थिक विकासका लागि औधोगिक सम्मेलन आबश्यक–प्रदेश सभा सदस्य श्रेष्ठ

आर्थिक विकासका लागि औधोगिक सम्मेलन आबश्यक–प्रदेश सभा सदस्य श्रेष्ठ


Sabalnews प्रकाशित मिति : सोमबार, असोज २१ २०८१
890

पाल्पा ।

आर्थिक विकासको लागि औधोगिक गतिविधि बढाउन आग्रह गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले पाल्पाको पुर्व समथर भुभाग रहेको कालीगण्डकी उपत्यका समग्र औधोगिक विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।

पाल्पाको रामपुरमा रामपुर उद्योग वाणिज्य संघको दशौ बार्षिक साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग र पर्यटन समितिका सभापति समेत रहनुभएका श्रेष्ठले प्रदेश सरकारको कामहरु पछिल्लो समय देखिएको र नागरिकले अनुभूति गर्न पाएको बताउनुभयो ।

उहाँले प्रदेश सरकार तर्फ औलो उठिरहने प्रबृति रहेको उल्लेख गर्दै राज्यले संविधान नै शंशोधित गरि क्षेत्र/ पालिका घटाउनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशमा ५२ प्रदेश सभा छ, श्रेष्ठले भन्नुभयो सतासी प्रदेश सांसद छन् एक क्षेत्रमा एक सांसद भए पुग्छ, त्यसमा ३३ प्रतिशत समानता र समाबेशी रुपमा क्षेत्रगत रुपमा सांसद बनाइनुपर्छ, जसले देशको आर्थिक बोझ पनि कम हुन्छ । संघमा नजिकका पालिका गाभेर थोरै पालिका बनाएर देखिने काम गर्नुपर्ने उहाँको भनाई थियो ।

रामपुर उद्योग महासंघका केन्द्रीय सदस्य मोहोन प्रसाद श्रेष्ठले शिक्षा र कृषि उत्पादन, पर्यटनमा उद्योग वाणिज्य संघले काम गर्नुपर्ने बताउनुभयो । विदेश जाने लहर छ,आर्थिक विकास मात्र देख्ने तर भविश्य नहेर्ने अबस्थाले एक्लोपना र आफ्नोपन नभेटेकोले अब संघ र स्थानीय तहको ध्यान त्यसतर्फ लैजानुपर्ने बताउनुभयो ।

अर्घाखाची जिल्लाका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले उद्योग वाणिज्य संघ रामपुरको स्थापनाको स्मरण गर्दै उद्योगी व्यापारीको भेला र आज सयौं व्यवसायीको एकै थलो वाणिज्य संघ भएको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका सल्लाहकार नेत्र प्रसाद भट्टराई, सल्लाहकार देवराज ढकाल, सल्लाहकार लिला बहादुर गाहा, रामतुलसी मा वि का प्रधानध्यापक बालकृष्ण लम्साल, सस्थाका सल्लाहकार हुजिल दिन मिया, पाल्पा उद्योग बाणिज्य संघका उपाध्यक्ष भिम बहादुर श्रेष्ठ, सल्लाहकार यम बहादुर सुनार, नेकपा एसका जिल्ला उपसचिव कमल सेन लगायतले बोल्दै विकासको लागि उद्योग व्यापार लाग्नु महत्वपूर्ण भएको बताउनुभयो ।

विजयादशमी, शुभ दिपावली, छठ र नेपाल सम्वतको शुभकामना सहित भएको कार्यक्रममा बाहिरबाट अबैध रुपमा आएका पोके व्यापारी र सामानको रोक लगाउनु पर्नेमा जोड दिएका थिए । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले स्वागत संघका बाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुले धन्यबाद दिनुभएको थियो ।  कार्यक्रमको सन्चालन महासचिव पुरुषोत्तम केसीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com