रामपुरमा योग शिबिर सम्पन्न
पाल्पा ।
पत्तन्जलि योग समिति रामपुरको आयोजना, रामपुर नगर योग समिति रामपुर र रामपुर २ गाडाकोट स्वास्थ्य चौकीको व्यबस्थापन सहयोगमा योग शिविर सम्पन्न भएको छ ।
“योग गरौ निरोगी बनौ” भन्ने उद्घोषका साथ सुदिप गैरेको अध्यक्षता तथा नगरका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतित्थतामा भएको कार्यकममा थापाले नियमित योगको महत्त्व र आबस्यकताका बारेमा बोल्नुभयो ।
जिल्ला पतन्जलि योग समितिका उपाध्यक्ष दामोदर भन्डारी, रामपुर योग समिति उपाध्यक्ष दोवराज तिवारी, रामपुर योग समिति महिला बिभाग प्रमुुुख बिजि गौतम, सदस्य राजेन्द्रप्रसाद लम्साल, मित्रलाल कडेल सहभागी रहनुुुभएको थियो । सन्चालन रामपुर योग समिति सचिव सुर्य प्रसाद श्रेष्ठले गर्नु भएको हो ।